चेन्नई, भारत । अखिल भारत नेपाली एकता समाज चेन्नईले २६–६–२०२६ तदानुसार २०८३ भाद्र १० गतेका दिन भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट ज्यान गुमाउनेहरू प्रति दिनांक ६–९–२०२६ का दिन चेन्नईको भेपरीमा क्यान्डल जलाएर भावपूर्ण हार्दिक श्रद्धांजली कार्यक्रम गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक संकलन गरी उद्दार, राहत र पुर्नस्थानको लागि सहयोग पठाउने पनि योजना मिलाएको छ। कार्यक्रममा अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव खगेश्वर शर्मा, कृष्ण केसी वर्तमान केन्द्रीय उपाध्यक्ष कृष्ण बिक, महासचिव महेन्द्र बस्याल, सचिव रामसिंह बिक, केंद्रीय सदस्य धर्मराम, केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केंद्रीय सदस्य तथा पान्डीचेरी नगर अध्यक्ष राजु थापा, केन्द्रीय सदस्य तथा चेन्नई दक्षिण नगर अध्यक्ष भुवन सुवेदी, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य शेर सिंह बि क, तिलक राम गोरा थोकी, सुर्य थापा, मिना बि क, ज्ञानमति बि क, रवि गौतम, बाबुराम नेपाली, नारायण गिरी, माया रोका, देवी रिजाल, सुनिता बस्याल, सिता घिमीरे, कुमारी थापा, हरिकला थापा, रामु नेपाली, मोहराज सुवेदी, लगायत क्षेत्रीय सदस्यहरू र नगर सदस्यको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

