काठमाडौ । इतिहासमा आज ,सेप्टेम्बर ९ का दिन चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको निधन भएको दिन हो । सन्१९७६ सेप्टेम्बर ९ मा माओको निधन भएको थियो । “जुन देशमा सरकारले जनताको न्यूनतम जीवनस्तर सुनिश्चित गर्न असफल हुन्छ, त्यहाँ क्रान्तिको सम्भावना अपरिहार्य हुन्छ। ” माओ त्से तुङले यही भनेका थिए। पूँजीवादी शोषणबाट जनताको मुक्तिको लागि विश्वका हरेक देशमा कम्युनिस्ट क्रान्तिको विकल्प छैन– माओका अनुयायीहरु यस्तै ठान्छन् ।
ऐतिहासिक लङ मार्चका प्रवर्तक माओ त्से तुङको जन्म डिसेम्बर २६, १८९३ मा भएको थियो । एक विश्व प्रसिद्ध कम्युनिस्ट क्रान्तिकारी राजनीतिज्ञ, एक चिनियाँ नयाँ जनवादी क्रान्तिका मुख्यनेता , मार्क्सवादी सिद्धान्तकार थिए। चीनको कम्युनिस्ट पार्टीका संस्थापकहरू मध्ये एक र १९४३ देखि १९७६ सम्म पार्टीको अध्यक्ष थिए । मार्क्सवाद लेनिनवाद, सैन्य रणनीति र साम्यवादका सिद्धान्तहरूमा आफ्नो सैद्धान्तिक योगदानका साथ, चिनियाँ विशेषताहरू सहितको समाजवादको व्याख्याता, सर्वहारा श्रमिक वर्गको राजनीतिको एक अन्तर्राष्ट्रिय महान शिक्षक र आजीवन क्रान्तिकारी गतिविधिहरू सञ्चालन गर्ने मार्गदर्शक हुन्। कामरेड माओ त्से तुङलाई लाल सलाम !
इतिहासमा आज ,सेप्टेम्बर ९ : चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको निधन भएको दिन
Comments

