काठमाण्डौ । क्रान्तिकारी किसान महासंघको विस्तारित बैठक मिति २०८३ भाद्र ६र ७ गते रुपन्देही जिल्लाको सैनामैनाको रानीबगियामा सम्पन्न भयो । महासंघका संयोजक सीताराम तामाङको अध्यक्षता र सहसंयोजक धनेश्वर पोख्रेलको संचालनमा सम्पन्न भई महत्वपूर्ण निर्णय गरेको छ । बैठकमा देशका विभिन्न जिल्लाहरुबाट सिसिएमहरुको उपस्थिति रहेको थियो । बैठकले निम्न निर्णयहरु गरेको छः
१) अन्तक्र्रिया कार्यक्रम गर्ने ः देशका निम्ति लिखित स्थानहरुमा किसानका तत्कालीन, दीर्घकालीन समस्याका विषयमा सम्बन्धित पक्ष तथा किसानसँग सम्बन्धी कृषि विज्ञहरु समेतको वृहत अन्तक्र्रिया कार्यक्रम गर्ने । जसमा ः व्यूरो नं. १ र२ को अत्तरियामा, व्यूरो नं. ३ र ४ को दाङ÷नेपालगन्जमा, व्यूरो ५ को बुटवलमा, व्यूरो ६ को सिराहा, १४,१५,१६ नं. व्यूरोको इटहरीमा गर्ने निर्णय भएको छ । साथै प्रशिक्षण कार्यक्रम गर्ने कार्यक्रम रहेको छ ।
२.संगठनबारे ः
सिसिएमहरुको कार्यविभाजन गरियो । जसमा व्यूरो सचिवको भूमिकामा रहेका कामरेडहरुको सम्बन्धित व्यूरोको कमान गर्ने, संगठन विस्तारगर्ने र संघर्षको तयारी गर्ने । बाँकी सिसिएमहरुको पूर्व जिम्मेवारी अनुुसार आ–आफ्नो व्यूरो र जिल्लामा रही जिम्मेवारी बहन गर्ने ।
० आगामी मंसिर मसान्तसम्म व्यूरो संगठन निर्माण गर्ने जिल्ला संगठन बनाउने । ० प्रत्येक जिल्लाले कम्तिमा ५० जना सदस्यता वितरण गर्ने । संगठन निर्माण गर्ने, ० पेशागत संगठन निर्माण गर्ने । विभिन्न कृषि पेसामा संलग्न किसानहरुको छुट्टै संरचना निर्माणगरी सांगठनिक प्रक्रिया अगाडि बढाउने ।
३.संघर्ष ः
किसानहरुका तत्कालीन र दीर्घकालीन समस्याको पहिचान गरी आफ्नो सापेक्षतामा आन्दोलनको तयारी गर्ने ।
केन्द्रीकृत आन्दोलनको लागि अध्ययन, अनुगमन गरी सशक्त आन्दोलनको पृष्ठभूमि तयार गर्ने , किसान आन्दोलनलाई एकल वा संयुक्त रुपमा अगाडि बढाउने ।
आर्थिकः एक जिल्ला, एक उत्पादनको नीतिलाई कार्यान्वयन गर्ने । बैठक पश्चात स्थानीय बुद्धिजीवी, पार्टी प्रतिनिधिहरु र जनताका बीचमा महासंघ कै आयोजनामा बृहत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा संयोजक सीताराम तामाङले “सुकुम्बासी समस्या र त्यसको विकास” विषयक कार्यपत्र पेशगर्नु भएको थियो । त्यसमा विभिन्न वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रम ‘बुद्धभूमि कटेजमा भएको थियो । कार्यक्रमको अध्यक्षता धनेश्वर पोख्रेल र संचालन क्षेत्रबहादुर थापाले गर्नुभएको थियो भने प्रमुख अतिथि सीताराम तामाङ र विशेष अतिथि पार्टीका स्थायी समिति सदस्य कृष्णराज पौडेल हुनुहुन्थ्यो ।
क्रान्तिकारी किसान महासंघको विस्तारित बैठक सम्पन्न
Comments

