गल्छी–रसुवागढी सडकको अस्थायी ट्र्याक निर्माणमा तीव्रता

 

काठमाडौं । सरकारले गल्छी–रसुवागढी सडकको अस्थायी ट्र्याक निर्माणलाई तीव्रता दिएको छ । भदौ १० गतेको भोटेकोशी –त्रिशुली बाढीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दसैंअगाडि नै रसुवागढी नाका जोड्ने लक्ष्य राखिएको छ । धादिङको गल्छीदेखि धुन्चे हुँदै रसुवागढी नाका जोड्ने सडकको दूरी १ सय ८ किलोमिटर छ । गल्छीबाट मैलुङ हुँदै रसुवागढी नाका जाँदा भने ८२ किमि मात्र पर्छ । १० भदौको बाढीअघिसम्म अधिकांश सवारीसाधन धुन्चे हुँदै रसुवागढी जाने–आउने गर्थे । बाढीले नुवाकोट र रसुवाका विभिन्न खण्डमा गरेर ४० किमि सडक बगाएपछि आवतजावत अवरुद्ध भएको हो । विदुरको ढुंगेबजारबाट बेत्रावतीतर्फको १० किमिमध्ये साढे ९ किमि सडकको ट्र्याक खोली सकिएको छ । ‘चीनले नाकामा आफ्नोतर्फ सडक बनाउने काम गरिरहेको छ,नेपालले पनि पनि स्याफ्रुबेंसीबाट नाकातर्फ काम गर्दै जाने योजना बनाएको छ । दसैंसम्म रसुवागढी नाकासम्म सडकको अस्थायी ट्र्याक पुर्‍याउने योजनाछ । स्याफ्रुबेंसीबाट रसुवागढी नाकासम्मको दूरी १६ किमि छ । बाढीपछि यस खण्डको सवारी आवागमन ठप्प छ । भित्री सडकबाट स्थानीय रसुवा पुगिरहेका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित