भारत । भाकपा (माले) रेड स्टार को १३ औं महाधिवेशन सम्पन्न भ्एको छ । पी.जे. जेम्स पुन :महासचिव निर्वाचित भएका छन् । १२ औं पार्टी महाधिवेशनबाट पनि पी.जे. जेम्स महासचिव भएका थिए । उनी भन्दा पहिले के.एन. रामचन्द्रन् महासचिव थिए । भाकपा (माले) रेड स्टार मूलत: भारतीय नक्सलाइट आन्दोलनबाट विकसित पार्टी हो । १३ औं महाधिवेशन पछि महासचिव पी.जे. जेम्स,पोलिट ब्युरो सदस्य आर. मनसायिया र राज्य सचिव एम. गंगाधरले २०२६ सेप्टेम्बर २१ मा जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ –
“भाकपा (माले) रेड स्टारको ५ दिने १३ औं महाधिवेशन, कर्नाटकको ऐतिहासिक शहर रायचुरमा, २०२६ सेप्टेम्बर १६देखि २० तारिख सम्म भव्यताकासाथ सम्पन्न भयो। महाधिवेशनले कमरेड पी. जे. जेम्सलाई महासचिव पदमा पुन: निर्वाचित गरेको छ । । महाधिवेशनले ३ सदस्यीय केन्द्रीय नियन्त्रण आयोग, १३ सदस्यीय पोलिटव्यूरो र ३३ सदस्यीय केन्द्रीय सदस्यहरु सहितको केन्दीय समिति निर्वाचित गरेको छ । महाधिवेशनमा १४ राज्य, प्रवाशबाट आएका प्रतिनिधिहरु सहित २५० जना प्रतिनिधिहरु तथा पर्यवेक्षकहरु भाइचारा पार्टीका प्रतिनिधिहरूको उपस्थिति थियो।
पार्टीको १३औँ महाधिवेशन यस्तो संवेदनशील र चुनौतीपूर्ण घडीमा आयोजना भयो कि यतिखेर अमेरिकी नेतृत्वको साम्राज्यवादले नाङ्गो हस्तक्षेप र चरम दक्षिणपन्थी कर्पोरेटवाद (फासीवाद) मार्फत विश्वका उत्पीडित जनतामाथि आफ्नो भीषण आक्रमण केन्द्रित गरिरहेको छ। प्यालेस्टाइनी जनतामाथि भइरहेको बर्बर नरसंहारकै निरन्तरताको रूपमा, यस भयानक अपराधको पछिल्लो रूप इरानमाथि भइरहेको अमेरिकी –यहुदीवादी सैन्य आक्रमणमा देखिएको छ। अर्कोतर्फ, विश्वभरि फासीवादको लहर बढिरहेका बेला यसका विरुद्ध जनताको प्रतिरोध र आन्दोलन पनि उत्तिकै सशक्त रूपमा अगाडि आइरहेको छ।आज विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत, विश्वकै सबैभन्दा ठूलो र लामो समयदेखि सक्रिय फासीवादी सङ्गठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को कडा नियन्त्रणमा छ। देशका प्राकृतिक स्रोत र जनताको जीविकोपार्जनलाई अडानी–अम्बानी जस्ता कर्पोरेट अर्बपतिहरूलाई कौडीको भाउमा बेचिएको छ। अर्कोतर्फ प्रहरी, सेना, न्यायपालिका, शिक्षा र संस्कृति सहित समग्र राज्य प्रशासन फासीवादको मुठ्ठीमा कैद छ।
मुस्लिम समुदायलाई प्रमुख दुश्मनको रूपमा तारो बनाइएको छ र उनीहरूलाई सुनियोजित रूपमा मताधिकार र नागरिकताबाट वञ्चित गरिँदैछ। मनुस्मृतिलाई आफ्नो वैचारिक जग मान्ने आरएसएसले एक जातिवादी ब्राह्मणवादी “हिन्दू राष्ट्र” निर्माण गर्ने उन्मादपूर्ण अभियान तीव्र पारेका कारण दलित र महिलाहरू झन् चर्को उत्पीडनको सिकार भइरहेका छन्।यस पृष्ठभूमिमा, महाधिवेशनद्वारा पारित राजनीतिक कार्यक्रम र आधारभूत दस्तावेजहरू, तथा महाधिवेशनकै अभिन्न अङ्गका रूपमा आयोजित “साम्राज्यवाद, फासीवाद र जात व्यवस्था उन्मूलन ” सम्बन्धी विचार गोष्ठीहरूमा भएका गहन छलफलका आधारमा पार्टीले आरएसएस फासीवाद र देशमाथि हाबी हुँदै गएको साम्राज्यवादी–कर्पोरेट पुँजीको प्रभुत्वका विरुद्ध बहुआयामिक रूपमा सशक्त संघर्ष अगाडि बढाउने संकल्प गरेको छ।भारतीय सन्दर्भमा, जहाँ फासीवादको वैचारिक र भौतिक आधार नै सबैभन्दा अमानवीय जात व्यवस्था (Caste System) हो, सीपीआई (एमएल) रेड स्टारको १३औँ महाधिवेशनले सम्पूर्ण मजदुर वर्ग र उत्पीडित जनतालाई सबै प्रगतिशील–लोकतान्त्रिक शक्तिहरूसँग हातेमालो गर्न आह्वान गरेको छ। पार्टीले जनताको जीविकोपार्जनको सवाललाई जात व्यवस्था उन्मूलनको सम्झौताहीन आन्दोलनसँग जोड्दै एन्टी–फासीवादी (फासीवाद विरोधी) आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ।
विगतमा भारतीय कम्युनिस्ट आन्दोलनले जात व्यवस्थाको गम्भीरता र यसको विशिष्टतालाई सही दृष्टिकोणबाट बुझ्न नसकेका गल्ती र कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै यो नयाँ कार्यदिशा तय गरिएको हो।महाधिवेशनले अन्तर्राष्ट्रिय र भारतीय राजनीतिसँग जोडिएका विभिन्न विषयहरूमा कूल १९ वटा महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। ती प्रस्तावहरूमा प्यालेस्टाइनमा भइरहेको अमेरिकी–यहुदीवादी नरसंहारको विरोध, इरानमाथिको सैन्य आक्रमणको भर्त्सना, ट्रम्प प्रशासनको दबाबमा मोदी सरकारले यूपीआई भुक्तानीमा लगाएको करको विरोध, एसआईआर नीति र बढ्दो मुस्लिम विरोधी कदमको प्रतिवाद रहेका छन्। यसैगरी, उमर खालिदलाई विना ट्रायल वा धरौटी लामो समयदेखि जेलमा राखिएकोमा विरोध, मनुवादी–कर्पोरेट शिक्षा नीतिको विरोध, वास्तविक जाति आधारित जनगणना (Caste Census) गराउन मोदी सरकारले देखाएको अनिच्छाको निन्दा, र सिंगो मुलुकलाई केन्द्रीकृत एवं एकात्मक हिन्दू राष्ट्र बनाउने उद्देश्यले ल्याइएको निर्वाचन क्षेत्र सीमाङ्कन तथा सङ्घीयता विरोधी कदमको विरोध गर्दै गभर्नर (राज्यपाल) को पद खारेज गर्नुपर्ने माग समेत प्रस्तावहरूमा सामेल छन्।यो ५ दिने ऐतिहासिक महाधिवेशनले यस कार्यक्रमलाई भव्य रूपमा सफल पार्न जनस्तरबाट पूर्ण सहयोग गर्ने तथा पार्टीको पक्षमा दृढतापूर्वक उभिने रायचुरका सम्पूर्ण प्रगतिशील एवं लोकतान्त्रिक जनसमुदायप्रति हार्दिक धन्यवाद तथा न्यानो क्रान्तिकारी अभिवादन व्यक्त गरेको छ। ”

