‘बालेन्द्र सरकार अमेरिकी कठपुतली भएको पुष्टी’

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएको दावी गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका
प्रवक्ता सुदर्शनले २०८३ असोज ६ गते एक प्रेस–वक्तव्य जारी गर्दै सो दावी गर्नु भएको हो । ९ सेप्टेम्बर २०२६ मा अमेरिकाबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘द ग्रेजोन’ ले गरेको खुलासाबाट बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने पुष्टी भएका वक्तव्यमा स्पष्ट गरिएको छ । वक्तव्यमा राजनीतिक विश्लेषक भरत दाहालको गिरफ्तारीको विराधे गर्दै रिहाईको माग गरिएको छ । वक्तव्यको पूर्ण पाठ यस प्रकार छ –
“नेपालमा कठपुतली बालेन सरकारको आगमनपछि यस सरकारले सचेततापूर्वक राष्ट्रघाती र जनघाती घटनाहरु
घटाइरहेको छ । ९ सेप्टेम्बर २०२६ मा अमेरिकाबाट प्रकाशित हुने अनलाइन पत्रिका ‘द ग्रेजोन’ मा दुईजना लेखकहरू
किट क्लारेनवर्ग तथा वायट रिडले “पहिरोप्रति सरकारी निस्क्रियताको आलोचना बढ्दै जाँदा चुहिएका दस्तावेजले
नेपालका नयाँ नेताहरुलाई अमेरिकाको शासन परिवर्तन सम्बन्धी संस्थाले तयार पारेको देखाउँछन” भनी लेखेको कुराले
बालेन्द्र सरकार अमेरिकी कठपुतली हो भन्ने कुरा सावित गर्दछ । २२ सेप्टेम्बरसम्म पनि यी विषयमा सरकार बोलेको
छैन, तर आम जनतामा यो बहस हुदैजाँदा उल्टो एकजना राजनीतिक विश्लेषक भरत दाहाललाई मोरङको सलकपुरबाट
पक्राऊ गरिएको छ । त्यसरी नै मुस्ताङको लोमान्थाङमा अमेरिकालाई यूरेनियम उत्खनन् गर्न दिएको कुरा पनि संचार
माध्यममा आइरहेको छ । यस सम्बन्धी सरकार चुपचाप बस्नुले सरकारको स्वीकृतिमा यो काम भइरहेको आशंका बढ्नु
स्वाभाविक छ । हिजो मात्र त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि बा ५ ख ४२७४ को रिद्धिसिध्दी यातायातको
मझौला बस चालक अर्जुन दोङ (तामाङ) र ट्राफिक प्रहरीबीच भएको वादविवादबाट आक्रोसित भइ बसमा आफै
आगोमा जल्न पुगेका छन् । आगोमा जल्नुका साथै हिजो साँझ नै कीर्तिपुरस्थित वर्न अस्पतालमा मृत्यु भएको छ । यी
घट्नाहरुप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
द ग्रेजोनमा लेखिएको र मुस्ताङमा यूरेनियम उत्खननको कुरा सत्य हो भने बालेन सरकारले तुरुन्त राजीनामा दिनुपर्छ,
होइन भने के हो, त्यसबारे नेपाली जनतालाई स्पस्ट पार्नुपर्दछ । ग्रे जोनमा आएको कुरा सरकारले स्पष्ट पनि पार्न नसक्ने
र त्यसमा आएको समस्या के हो भनी प्रश्न उठाउने र विश्लेषण गर्ने राजनीतिक विश्लेषक भरत दाहाललाई तुरुन्त
विनाशर्त रिहा गर्नुपर्दछ । त्यसै गरी बारम्बार सवारीचालक, सकुमबासी र मध्ययमवर्गीय उद्योग–व्यवसायीहरुको
आत्महत्याको कारणमा सरकार र प्रशासन उत्प्रेरक रहेको छ । तुरुन्त यसको सही समाधानका लागि राज्यसत्तामा
रहेकाहरुले योजना बनाइ अघि वढ्नुपर्दछ, होइन भने इतिहासका निर्माताहरुले फैसला गर्नेछन् र हामी यसको लागि
दृढतापूर्वक गवाही दिनेछौं । मृतक गाडी चालक अर्जुन दोङप्रति पार्टी श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारजनप्रति
समवेदना प्रकट गर्दछ । यसबाट पार्टी के शिक्षा लिन अनुरोध गर्दछ भने विद्यमान राज्यसत्ताले नेपाली उत्पीडित तथा
श्रमजीवी जनतालाई यसरी नै तड्पाएर मार्न चाहन्छ तर उत्पीडित वर्गको समस्या समाधान आत्मदाह तथा आत्महत्या
होइन, समग्र राज्यसत्ताका विरुद्ध निरन्तर संघर्षका साथै यसको विकल्पमा नयाँ जनवादी–वैज्ञानिक समाजवादी क्रान्ति हो
। ”

Statement 2
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित