काठमाण्डौ । नेपाल जलवायु परिवर्तनको गम्भीर मारमा परेको छ । नेपालले जलवायु परिवर्तनको असर भोगिरहँदा विश्व सचेत बन्नु आवश्यक छ । यसको ज्वलन्त उदाहरण २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा नेपालतर्फको हिमालयमा हिउँपहिरोका कारण आएकोे बाढीले पु¥याएको अकल्पनीय क्षति हो ।
भोटेकोेशीमा आएको बाढीले नेपालको उत्तरदेखि दक्षिण सीमासम्म धनजनको क्षति पु¥यायो । कति जनाको मृत्यु भएको छ र कति जनासम्म हराइरहेका छन्, अनुमान गर्न समेत नसकिने स्थिति छ । सारा सपना क्षणभरमै सकिएको छ ।अनुमान नै गर्न नसकिने खालको घटना भएको छ । भौतिक संरचनाहरु क्षणभर मै ध्वस्त हुन पुगेको छ । जीवनको आशा, भरोेसा, सपना सबै बाढीमा बगेकोे छ । नेपालमाथि आएको यो महाप्रलयबाट संसारले पाठ सिक्नु आवश्यक छ ।
संसारका धनी देशहरुले उद्योगधन्दा कलकारखानाहरुले निस्काशन गरेको कार्वनका कारण विश्वमा तापमान वृद्धि भइरहेको छ । ताममानमा वृद्धि हुँदा हिमश्रृङ्खलाहरु पग्लिँदै गएका छन् । हिमालय क्षेत्रमा रहेका हिमतालहरुको क्षेत्र बढ्दै गएका छन् । हिमतालको क्षेत्र परिवर्तन हुँदै जाँदा फुट्ने जोखिम बढ्दै गएका छन् । हिमतालहरु परिवर्तनको असर नेपालले विगत वर्षहरुदेखि नै भोग्दै आएको छ ।
२०८१साल साउनमा सोलुखुम्बुको थामे गाउँमा हिमताल फुटेर भीषण बाढी आएको थियो । थामेभन्दा माथि रहेका पाँचवटा हिमताल फुट्दा थामे खोलामा लेदोसहितको आकस्मिक बाढीले २० वटा होटेल तथा लज , एउटा प्राथमिक विद्यालय र स्थानीय स्वास्थ्यचौकीमा क्षति पु¥याएको थियो । १२५ भन्दा बढी विस्थापनमा परेका थिए । गत वर्ष २०८२ साउनमा रसुवा जिल्लामा नै चीनको तिब्बत क्षेत्रमा रहेको लेहेन्दे नदीबाट आएको बाढीका कारण मानवीय तथा भौतिक क्षति भएको थियो । ल्हेन्दे नदी हुँदै आएको भदौ १० गते बाढीको पूर्व सूचनाको रुपमा जस्तो २०८२ साउनमा आएको रहेछ भनेर अहिले अनुमान लगाउन सकिन्छ ,एक वर्ष अघि आएको र अहिले आएको बाढी एकै थियो । पोहोर सालमा आएको भन्दा ठूलो बाढी अहिले आयो र अहिले भन्दा ठूला बाढी पछि आउन सक्ने अनुमानहरु भइरहेका छन् ।
भदौ १० गतेको बाढी आउनु भन्दा अगाडि त्यो स्थानमा वर्षात् भएको थिएन । वर्षात नभए पनि मानिसहरुले बाढीको कल्पना समेत गर्ने कुरा भएन तर बाढी अकस्मात आयो । हिमाल नै घोप्टिएर हिमतालमा बज्रिँदा ताल फुटेर अकस्मात बाढी आयो ।
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा परेको छ भन्ने उदाहरण माथिका हिमाली क्षेत्रबाट एक्कासी आएको बाढी र त्यसले पु¥याएको गम्भीर क्षति हो । हिमाल नै पग्लिएर काला पत्थरमा परिणत हुँदै गएको छ । विश्वका धनी तथा विकसित राष्ट्रहरुले उत्सर्जन गरेको कार्बनडाइअक्साइडको असरले गर्दा विश्वको तापमान निरन्तर बढिरहेको छ । यसले गर्दा नेपाल र नेपालीहरुले जलवायुु परिवर्तनको गम्भीर असर भोग्नु परिरहेको छ ।
नेपालमा जलवायु परिवर्तनको असर केवल हिमाली क्षेत्रमा मात्रै परिरहेको छैन ,बोट विरुवा,नदी,तालतलैया,सिमसार क्षेत्र ,पारिस्थितिक प्रणाली समेतमा गम्भीर असर परिरहेको छ । यो नेपालमा मात्रै परेको असर होइन संसारभरमा पर्न सक्ने असरको लक्षण समेत हो । हिमाली हिउँहरु पग्लिएर गएमा पानीका मुहानहरु सुक्दै जाने ,नदीहरु सुक्दै जाने संसारबाट जीवनको नै अस्तित्व संकटमा पर्न सक्ने छ ।
जलवायु परिवर्तनले नेपालमा असर पु¥याइरहँदा विश्वले यो त नेपालमा मात्रै परिरहेको छ भनेर सचेतता नअपनाउने हो भने र कुनै मतलव नराख्ने हो भने भोलि विश्वले नै जलवायु परिवर्तनको गम्भीर असर भोग्नु पर्ने छ ।
जलवायु परिवर्तनको विषय नेपालको मात्रै र नेपालले सिर्जना गरेको समस्या होइन । विश्वका धनी देशहरुले गरेको प्रकृति विरोधी कामले गर्दा नेपाल जस्तो देशले समस्या भोग्नु परेको छ । विश्वका पुँजिवादी देशहरुले गरेको अत्यधिक प्रकृतिको दोहन, नाफा कमाउने होडमा गरेको प्रकृतिविरोधी गतिविधिको कारण नेपाल जस्ता देशहरुले प्राकृतिक विपत्तिको सामाना गर्नु परिरहेको छ ।
नेपालले विगतको धेरै वर्षहरुमा प्रकृतिमाथि पर्न सक्ने,आफ्नो देशले भोग्नु परेका समस्याहरु अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउँदै आएको पनि छ । नेपालले पाउनु पर्ने जलवायु न्यायको विषय पनि राख्दै आएको छ तर पनि नेपालको कुरामा धनी राष्ट्रहरुको ध्यान खासै गएको देखिँदैन । यसो गर्नु नेपाल र प्रकृतिविरोधी कार्य हुँदैछ । जलवायु परिवर्तनको मुद्दा र यसले संसारमा पार्नसक्ने असरका विषयमा केवल भाषण तथा नारामा मात्रै उठाउने र छोड्ने विषय होइन । यो विषय व्यवहारिक रुपमा कार्यान्वयनको विषय हो ।
प्रकृतिमा के कारणले समस्या सिर्जना भएको छ भनेर जानिसकेपछि त्यसको नियन्त्रण रोकथाम गर्नु सम्बन्धितहरुको काम हो । तर सम्बन्धित पुँजिवादी देशहरुले त्यसको केही पर्वाह नगर्दा नेपाल जस्ता भूबनौट रहेका देशहरुले समस्या भोग्नु परिरहेको छ ।अनाहकमा जीवन र भौतिक संरचना गुमाउनु परेको छ । आफन्ती गुमाएर ,घाइते अपाङ्ग भएर जीवन कटाउनु परेको छ ।
अहिले भोटेकोशीमा बाढी आएपछि नेपालले अन्तर्राष्ट्रिय जगतमा जलवायु न्यायको कुरा जोडतोडले उठाउनु पर्छ भन्ने बहसको सिर्जना भएको छ । यो गर्नु पर्छ । नेपालले अन्तर्राष्ट्रिय समुदायसँग आफ्नो न्यायको कुरा उठाउनु पर्छ । नेपालले जलवायु न्याय पाउनु पर्छ । नेपालले कुरा उठाउला केही क्षतिपूर्ति पनि प्राप्त गर्ला तर त्यतिले मात्रै जलवायु परिवर्तनको समस्या समाधान हुँदैन ।
जलवायु परिवर्तनको समस्या पुँजिवादी देशहरुमा छ । उनीहरुले समस्याको समाधान गर्नको लागि आफ्ना अनेक उत्पादनहरु प्रकृतिमैत्री भएर शुरु गर्नु पर्छ । प्रकृतिको अत्यधिक दोहनलाई रोक्नु पर्छ ।दिगो विकासको अवधारणालाई व्यवहार मै उतार्नु पर्छ । विकासको तौर तरिकामा परिवर्तन गर्नु पर्छ ।
त्यसो गर्न सकेमा मात्रै जलवायु परिवर्तनको विषयले न्याय पाउने छ । प्रकृतिमा जीवनको अस्तित्व सम्भव हुन सक्ने छ । नत्र मान्छेको व्यवहारले नै चराचर जगतको अस्तित्वको संकट सिर्जना हुनेछ । जलवायु परिवर्तनको विषय नेपाल जस्ता देशहरुका कारण सिर्जना भएको विषय होइन । एक देशको पहल र प्रयासले मात्रै समस्या समाधान गर्नु असम्भव छ ।
नेपाल जलवायु परिवर्तनको गम्भीर मारमा विश्व सचेत बन्न आवश्यक
Comments

