राहत कोषमा १५ अर्बभन्दा बढी जम्मा

काठमाण्डौ । प्रधानमन्त्री राहत कोषमा १५अर्ब भन्दा बडी जम्मा भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितहरुको सहयोगार्थ रकम जम्मा हुने क्रम जारी नै छ ।
राहत कोषमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा व्यक्ति,संघ संस्था तथा देशहरुबाट रकम जम्मा भइरहेको छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौजाद मध्ये १अर्ब बाढी प्रभावितहरुको लागि निकासा गरिसकेको सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा हाल रु ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ तथा हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात छ ।
सबै खातामा गरी रु १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ मौज्दात छ । जम्मा भएको राहत रकम पीडितहरुसम्म छिटो पुगोस र पीडितको जीवन सहज होस भन्ने सबैको कामना छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित