राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा आबश्यक –थापा

 

धनगढी। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य परी थापाले राष्ट्रिय स्वाधीनताका लागि कार्यनीतिक मोर्चा निर्माण गर्नु पर्ने आबश्यकतामा जोड दिनुभएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुदूरपश्चिम(व्युरो १ र २) को आयोजनामा २०८३ असोज ७ गते धनगढीको होटल शुभममा “देशको अवस्था र राष्टिय स्वाधीनताको प्रश्न” विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै थापाले उक्त आबश्यकतामा जोड दिनुभएको हो । थापाले देशको राष्ट्रिय स्वाधीनता गम्भीर संकटमा परेकाले मोर्चा जरुरी भएको स्पष्ट गर्नु भयो ।

कार्यक्रममा स्थायी समिति सदस्य परि थापाले प्रस्तुत गरेको अवधारणापत्र पिविएम लालवहादुर जाग्रीले वाचन गर्नु भएको थियो । । अवधारणपत्र माथि प्रगतिशील लेखक संघका लक्षिराम आचार्य, नेपाल वार एशोसियसनका निवर्ततमान उपाध्यक्ष तुलाराम गिरि, नेकपा (बहुमत)का प्रतिनिधि रमेश साउद, नेपाली कम्युनिष्ट पार्टीका सिसिएम प्रेम विसि,नेकपा(एमाले)का प्रदेश सचिव रणवहादुर चन्द, राजमोका केन्द्रिय सचिवालय सदस्य नन्दराज भट्ट ,वरिष्ठ वामपन्थी नेता आरसि भट्टले आ– आफ्ना धारण राख्नु भएको थियो ।
«
्
कार्यक्रमको अध्यक्षता २ न. व्युरो सचिव लालवहादुर मडै, सञ्चालन १ न. व्युरो सचिव रामवहादुर महराले गर्नु भएको थियो । ।कार्यक्रममा विध्यार्थी, मजदुर, किसानका नेता तथा जनताको उपस्थिति रहेको थियो ।

 

oplus_1026
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित