काठमाण्डौ । केन्द्रीय संयुक्त संघर्ष समिति नेपालले असंवैधानिक संसदको विघटन,राजनीतिक गोलमेच, स्वाधिन राष्ट्रिय जनसरकार र जन संविधानको निम्ति सबै क्रान्तिकारी , देशभक्त तथा जनतान्त्रिक शक्तिहरुलाई संयुक्त जनसंघर्षमा आउन आह्वान गरेको छ । समितिको १३ औं बैठक पश्चात २०८३ आश्विन १० गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत समितिले सो आह्वान गरेको हो । बैठकले संसदवादीहरुबीच चलिरहेको शत्रुतापूर्ण अन्तरविरोध,२४ भाद्र पछि बनेको असंवैधानिक सरकार र त्यसले गराएको असंवैधानिक निर्वाचनले गराएको संवैधानिक रिक्तता , निर्वाचनको नाममा बनेको सेना नियन्त्रित सरकार,नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिकेन्द्रहरुवाट भइरहेको हस्तक्षेप र उनीहरुबीच चलिरहेको द्वन्द्व,कम्युनिष्ट आन्दोलन भित्र भइरहेको फुट र एकताका प्रयत्नहरु र जनआन्दोलनको अवस्था लगायतका विषयहरुमा गम्भीर विश्लेषण गर्दै देशमा घटिरहेका यी राजनीतिक घटनाहरुलाई हेर्दा यो व्यवस्था पूर्ण रुपमा असफल भएको , देश निकासविहीन नया द्वन्द्वमा जाने अवस्थामा पुगेको बताइएको छ । स्वाधिनता,जनतन्त्र र जनजीवनको रक्षागर्न जनसंघर्ष अनिवार्य बनेको समेत विज्ञप्तिमा जनाइएको छ । बैठकले असंवैधानिक संसदको विघटन,राजनीतिक गोलमेच, स्वाधिन राष्ट्रिय जनसरकार र जन संविधानको निम्ति सबै क्रान्तिकारी , देशभक्त तथा जनतान्त्रिक शक्तिहरुलाई संयुक्त जनसंघर्षमा आउन आह्वान गरिएको छ
प्रस्तुत छ ,समितिका संयोजक ऋषिराम कट्टेलद्वारा प्रषित विज्ञप्तिको पूर्ण पाठ –
“२०८३ आस्विन ८गते नेपाल कम्युनिष्ट पार्टी,नेपाल कम्युनिष्ट पार्टी (वहुमत) क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी,नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समिति नेपालको १३औ बैठक समितिका संयोजक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष क.ऋषिराम कट्टेलको अध्यक्षतामा मैत्री नगर कीर्तिपुरमा बस्यो । बैठकले गरेका निर्णयहरु यो प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरिएको छ ।
(१) बैठकले संसदवादीहरुबीच चलिरहेको शत्रुतापूर्ण अन्तरविरोध,२४ भाद्र पछि बनेको असंवैधानिक सरकार र त्यसले गराएको असंवैधानिक निर्वाचनले गराएको संवैधानिक रिक्तता , निर्वाचनको नाममा बनेको सेना नियन्त्रित सरकार,नेपालको आन्तरिक मामिलामा बाह्य शक्तिकेन्द्रहरुवाट भइरहेको हस्तक्षेप र उनीहरुबीच चलिरहेको द्वन्द्व,कम्युनिष्ट आन्दोलन भित्र भइरहेको फुट र एकताका प्रयत्नहरु र जनआन्दोलनको अवस्था लगायतका विषयहरुमा विश्लेषण ग¥यो । देशमा घटिरहेका यी राजनीतिक घटनाहरुलाई हेर्दा यो व्यवस्था पूर्ण रुपमा असफल भएको छ देश निकासविहीन नया द्वन्द्वमा जाने अवस्थामा पुगेको छ । स्वाधिनता,जनतन्त्र र जनजीवनको रक्षागर्न जनसंघर्ष अनिवार्य बनेकोछ । असंवैधानिक संसदको विघटन,राजनीतिक गोलमेच, स्वाधिन राष्ट्रिय जनसरकार र जन संविधानको निम्ति सबै क्रान्तिकारी , देशभक्त तथा जनतान्त्रिक शक्तिहरुलाई संयुक्त जनसंघर्षमा आउन बैठकले आह्वान गरेको छ ।
२) हालै भोटेकोशीमा आएको अकल्पनीय हिमाली प्रकोपले ठूलो मात्रामा धनजनको क्षति पु¥याएको मात्र छैन यस क्षेत्रको सभ्यता नै ध्वस्त गराएको छ । यस प्रकोपमा परि मृत्यु भएका सबै प्रति संयुक्त संघर्षको समितिको यो बैठक श्रद्धाञ्जली अर्पण गर्दछ । घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछ । शोक सन्तप्त परिवारजनहरु प्रति समवेदना व्यक्त गर्दछ ।
कथित एकद्वार प्रणाली,प्रकोपको स्तर मापन र सोअनुसारको उद्धार नीतिको अभाव जस्ता कुराहरुमा देखिएको सरकारको अकर्मण्यताले धेरै नागरिकको अनाहकमा ज्यान गएको छ । यसप्रति गम्भीर हुदै उद्धार र पुनस्थापनाको ठोस योजनासाथ अघि बढ्न सरकार समक्ष जोडदार माग गर्दछ । यो प्राकृपतक विपत्तिसँग जुध्दै अघि बढ्नुको विकल्प छैन । सिङ्गो देश तपाइहरुको साथमा रहेकाले धैर्य र साहसका साथ पुनस्थापित हुन विपतमा परेका जनजनसमुलाई अपील गर्दछ ।
३) नेपालले पनि धेरै ठाँउमा भारतको जग्गा मिचेको छ भन्ने जस्ता अभिव्यक्ति दिएर नेपाललाई अतिक्रमणकारी देशको रुपमा चित्रित गर्ने प्रधानमन्त्रीको देश विरोधी अभिव्यक्ति प्रति यो बैठक भत्र्सना र विरोध गर्दछ । कठपुतली सरकार र बढदो विदेशी हस्तक्षेपका कारण देशको स्वाधिनता माथि खतरा बढ्दो छ । सवै देशभक्त नेपालीलाई यसप्रति सतर्क हुन यो बैठक आग्रह गर्दछ ।
(४) यो सरकारको गठन संगै महङ्गी मुल्यवृद्धिले जनजीवन आक्रान्त बनेकोछ । ग्यास नपाएर जनताको चुलो बल्नै छोडेको छ । सरकार भने कथित सुशानको खोल ओडेर आतंक मच्चाइरहेको छ । सुकुम्वासी वस्तीमा डोजर चलाउने,आश्रय लिएका ठाँउहरुवाट समेत लखटने जस्ता अमानवीय हर्कत गरिरहेछ । कथित संसदीय प्रतिपक्ष रुझेको विरालो जस्तो भएर झोक्राएर बसेकोछ । सडक संघर्षवाट यसको प्रतिरोध गर्नुको विकल्प नरहेको समेत बैठकले निश्कर्ष निकालेको छ ।
५) संचार माध्यममा मुस्ताङ्गमा रहेको युरेनियम सिलिका प्याक अन्तरगत अमेरिका र सम्बद्ध देशहरुलाई सुम्पेको भन्ने आम चर्चाछ । भू राजनीतिक सम्वेदनशीलताले समेत यो विषय अत्यन्त गम्भीर छ । यस बारे के भएको हो सत्य तथ्य सार्वजनिक गर्न यो बैठक सरकार सँग माग गर्दछ ।

