भीषण वर्षा र विपद जोखिमकाबीच पश्चिम नेपाल सहकारीले आयोजना गरेको रक्तदान कार्यक्रममा १२० पिन्ट रगत संकलन

हरिश ढकाल
बुटवल। भीषण बर्षा र विपद जोखिमका बीच पश्चिम नेपाल यातायात सहकारी संस्था लि.ले १० गते असोज आयोजना गरेको रक्तदान कार्यक्रममा १२० पिन्ट रगत संकलन भएको छ । विपदका बेला हुनसक्ने संभावित दुर्घटना र रगतको अभाव आपुर्ति गर्न बस ब्यबसायी, चालक, मजदुर र कर्मचारीको सहभागितामा बृहत रक्तदानको आयोजना गरिएको संस्थाका अध्यक्ष दधिराम खरेलले बताउनु भयो ।
गतमहिना आएको भोटेकोशी रसुवा भीषण वितण्डाकारी बाढीका कारण हजारौं घाइते भएको र यसमहिना पनि पुनः बाढी पहिरोको जोखिम रहेको मौसमविदहरुको भनाई रहेकोले संभावित रगतको अभाव पुर्ति गर्न आकस्मिक रक्तदानको आयोजना गरिएको अध्यक्ष खरेलले बताउनु भयो । भीषण वर्षा र उच्च विपद जोखिमकाबीच सामाजिक उत्तरदायित्व र मानविय भावनाका साथ पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.को सहजीकरणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।
प्रतिकुल मौसम र संभावित विपदबाट सर्वसाधारण यात्रुसहित यातायात व्यवसायी , चालक, मजदुर र कर्मचारी समेत जोखिममा रहेकोले पनि यतिबेला रगत संकलनको आवश्यक्ता रहेको संस्थाका प्रबन्ध संचालक रामचन्द्र भुसालले बताउनु भयो । रक्त संचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा संचालन गरिएको रक्तदान कार्यक्रमले विद्यमान र भैपरि आउने रगतको समस्या समाधान गर्न सघाउ पुराउने दावी उहाँले गर्नुभयो ।
कार्यक्रममा संस्थाका संचालक तथा दुर्घटना न्यूनिकरण अभियानका संयोजक नारायण घिमिरे, संचालक तथा प्रा.लि.का लेखा संयोजक मोहन पि.एस, संस्थाका संचालक तथा सहकारीका उपाध्यक्ष जिवन बन्जाडे, संचालकहरु गोपाल पौडेल, चेतनारायण बेलबासे, जितेन्द्र खत्री, नारायण भण्डारी, रामचन्द्र खड्का, सुरेन्द्र श्रेष्ठ, रक्त संचार केन्द्रका प्राविधिक राधा ज्ञवाली, पत्रकार हरिष ढकाल लगायतले बर्तमान अवस्थामा रक्तदानको महत्व र आवश्यक्ता बारे चर्चा गरेका थिए ।
नेपाल रेडक्रस सोसायटी रक्त संचार केन्द्र बुटवलका अनुसार रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य हो । दुर्घटना, शल्यक्रिया, प्रसूति, क्यान्सर तथा विभिन्न रोगका कारण धेरै मानिसलाई समय–समयमा रगत आवश्यक पर्छ । यस्तो अवस्थामा अस्पतालमा पर्याप्त रगत उपलब्ध भएमा बिरामीको जीवन बचाउन ठूलो सहयोग पुग्छ । स्वस्थ व्यक्तिले स्वेच्छाले रक्तदान गर्दा रगतको अभाव कम हुन्छ र आवश्यक परेका व्यक्तिलाई समयमै उपचार गर्न सकिन्छ । रक्तदान गर्दा शरीरमा रहेको पुरानो रगतको स्थानमा नयाँ रक्तकोष बन्ने प्रक्रिया सक्रिय हुन्छ ।
सामान्यतया स्वस्थ वयस्कले चिकित्सकीय मापदण्ड पूरा गरेमा निश्चित अन्तरालमा रक्तदान गर्न सक्छ। रक्तदान सुरक्षित, सरल र केही मिनेटमै सम्पन्न हुने प्रक्रिया हो । त्यसैले रक्तदान केवल अरूको जीवन बचाउने कार्य मात्र नभई सामाजिक जिम्मेवारी र मानव सेवाको उत्कृष्ट उदाहरण पनि हो । “रक्तदान, जीवनदान” भन्ने भावनाका साथ योग्य व्यक्तिहरूले नियमित रूपमा रक्तदान गर्नुपर्छ। यसले आपत्कालीन अवस्थामा रगतको उपलब्धता सुनिश्चित गरी धेरै अमूल्य जीवन जोगाउन मद्दत गर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित