काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न अपील गरेको छ । साथै २०८३ असोज ७ देखि ११ सम्म आएको अविरल वर्षाको कारण आएको बाढी पहिरो पीडितहरुको छिटोभन्दा छिटो उद्धार गर्न र राहत उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले असोज १३ गते एक प्रेस वक्तव्य जारी गर्दै सो माग गर्नु भएको हो । वक्तव्यमा बाढी पहिरोजन्य प्रकोपमा परी ज्यान गुमाउनु भएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार जनप्रति समवेदना प्रकट गरिएको छ ।“साम्राज्यवाद तथा तिनका दलालहरुले प्रकृतिको अनियन्त्रित दोहन गरेर पर्यावरणमा असन्तुलन आएका कारण पछिल्ला वर्षहरुमा बाढी, पहिरो, हिमपहिरो, सुख्खा खडेरीले विश्वभरि नै जनधनमा ठुलो क्षति हुँदै आएको छ । हालसालैको भोटेकोशी–त्रिशुली वाढी र यतिबेलाको अविरल वर्षाले पु¥याएको क्षतिको प्रमुख कारण वैश्विक तापक्रमको वृद्धि हो । यी घटनाहरुबाट मानिस प्रकृतिको संरक्षणमा लागेन भने प्रकृतिले मानिसमाथि भयानक कार्वाही गर्दछ भन्ने कुरा प्रमाणित भएको छ । वैश्विक तापक्रमको वृद्धि रोकी पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न हाम्रो पार्टी आम जनतामा हार्दिक अपील गर्दछ । ” वक्तव्यको पूर्णपाठ यसप्रकार छ –
नेपाली सर्वहारावर्गको अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले असोज ७ देखि ११ सम्म आएको अविरल वर्षावाट भएको जनधनको क्षतीबारे समीक्षा गरेको छ ः क) बर्षापछि आएको बाढी–पहिरोमा परी बागलुङ, म्याग्दी, पाल्पा, मनाङ, धादिङ, काभ्रे, मकवानपुर, धनुषा, डोल्पा र रुकुम पश्चिममा गरी ३१ जना भन्दा बढी मानिसको ज्यान गएको छ भने दर्जनौँ वेपत्ता भएका छन्; ख) कान्ति लोकपथ, नारायणघाट–मुग्लिङ, मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, चामे–बेसीशहर, बेनी–जोमसोम, बेनी–दरवाङ, जोमसोम–कोरला, मालढुंगा–बेनी, कर्णाली राजमार्ग, कर्णाली करीडोर, भेरी–करीडोर र महाकाली लगायतका राजमार्गहरु अवरुद्ध भएका छन; ग) त्यसैगरी बागलुङकको तमानखोला, निशिखोला र ताराखोला, म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिका, मनाङको नार्पा, पर्वतको जलजला गाउँपालिका, नवलपरासीको सुस्ता लगायतका स्थानहरुमा जन–धनको बढी क्षती भएको छ ।
हाम्रो पार्टी यो पछिल्लो अविरल वर्षा र यसबाट उत्पन्न बाढीमा परी मृत्यु हुनेहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरुका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ । पीडितहरुको राहतका लागि शिघ्र कदम चाल्न र बाढी तथा पहिरोमा परी वेपत्ता हुनेहरुको तुरुन्त उद्धार गर्न पनि राज्यसँग माग गर्दछ । बाढी पहिरोका कारण यातायातमा भएको अवरोधले आम नागरिकहरुमा पर्न गएको असुविधा, उद्योगपति तथा व्यापारीहरुको घाटाप्रति दुःख प्रकट गर्दछ ।
साम्राज्यवाद तथा तिनका दलालहरुले प्रकृतिको अनियन्त्रित दोहन गरेर पर्यावरणमा असन्तुलन आएका कारण पछिल्ला वर्षहरुमा बाढी, पहिरो, हिमपहिरो, सुख्खा खडेरीले विश्वभरि नै जनधनमा ठुलो क्षति हुँदै आएको छ । हालसालैको भोटेकोशी–त्रिशुली वाढी र यतिबेलाको अविरल वर्षाले पु¥याएको क्षतिको प्रमुख कारण वैश्विक तापक्रमको वृद्धि हो । यी घटनाहरुबाट मानिस प्रकृतिको संरक्षणमा लागेन भने प्रकृतिले मानिसमाथि भयानक कार्वाही गर्दछ भन्ने कुरा प्रमाणित भएको छ । वैश्विक तापक्रमको वृद्धि रोकी पर्यावरणीय सन्तुलन कायम राख्नका लागि आवाज बुलन्द गर्न हाम्रो पार्टी आम जनतामा हार्दिक अपील गर्दछ । माक्र्सका शब्दमा, यस समस्याको वास्तविक समाधान “त्यतिबेला मात्र हुनेछ, जतिबेला साम्यवाद पूर्णरुपले प्रकृतिवादमा विकसित भएर मानवतावाद बराबर हुनेछ र मानवतावाद पूर्णरुपले विकसित भएर प्रकृतिवाद बराबर हुनेछ । ”

