‘बालेन सरकार मुठ्ठीभर दलालहरूको पक्षपोषक ‘

 

काठमाडौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको असोज २७ र २८ गते बसेको स्थायी समितिको बैठकले बालेन सरकार मुठ्ठीभर दलालहरूको पक्षपोषक भएको ठहर गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव प्रतीकले २०८३ असोज ३० मा जारी गर्नुभएको प्रेस–विज्ञप्ति यसप्रकार छ–

्
“नेपाली सर्वहारा वर्गको अग्रदस्ता तथा शोषित–उत्पीडित नेपाली जनताको मुक्तिको मार्गदर्शक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति बैठक यही असोज २७ र २८ गते कार्यवाहक महासचिव कमरेड प्रतीकको अध्यक्षतामा सम्पन्न भयो। उक्त बैठकका निर्णयहरू सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जनआन्दोलन, महान जनयुद्ध तथा विभिन्न देशका जनक्रान्ति र राष्ट्रिय मुक्ति आन्दोलनहरूमा शहादत प्राप्त गर्ने वीरवीराङ्गनाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै र क्रान्तिको प्रक्रियामा बेपत्ता बनाइएका योद्धाहरू तथा घाइते एवम् अपाङ्गहरूप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौनधारण गरी स्थायी समिति बैठक प्रारम्भ गरियो।

स्थायी समितिको यो बैठकको मूल एजेण्डा राष्ट्रिय परिस्थिति र पार्टीको कार्यभारझ रहेको थियो। अमेरिकी साम्राज्यवादद्वारा प्रायोजित जेनेसी  ‘विद्रोह’ को नाममा निर्वाचित साम्राज्यवादको कठपुतली तथा फासिवादी बालेन सरकारको गठन पछि देश गम्भीर स्थितिमा प्रवेश गरेको छ। जनतन्त्र, जनजीविका तथा राष्ट्रिय स्वाधीनताका समस्याहरू विकराल बनेका छन्। यी नै समस्या माथि केन्द्रित हाम्रो पार्टीको स्थायी समितिको बैठक निम्नानुसारको निष्कर्षमा पुगेको छ।

सुकुम्बासीमाथिको अतिक्रमण, बाढी पीडितहरूको राहतमा भएको व्यापक अनियमितता, राहत वितरण तथा उद्धारको बहानामा नेताहरूको अनावश्यक हेलिकप्टर उडान तथा चर्को मिडियाबाजी, शिक्षा एवम् स्वास्थ्यमा दलाल पुँजीपतिको एकल नियन्त्रण, रोजगारीका अवसरको खाँचोमा पूर्ण उदासीनता र उपभोग्य वस्तुहरूको आकासिँदो मूल्य वृद्धि लगायतका विषयले यो सरकार गरिबमुखी जनताको विरोधी र मुठ्ठीभर दलालहरूको पक्षपोषक भएको स्पष्ट गर्दछ।

यो सरकारको गठन भएदेखि अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादका तर्फबाट खुला हस्तक्षेप हुँदै आएका छन्। राष्ट्रिय स्वाधीनता एकपछि अर्को गरी गम्भीर खतरामा पर्दै गएको स्थितिमा नेपाल राष्ट्र नै रहला वा नरहला भन्ने बहस जनस्तरमा समेत सुनिन थालेको छ। यो पृष्ठभूमिमा प्रधानमन्त्रीको प्रस्तावित भारत भ्रमणका क्रममा हुने भनिएको ूवृहत् सम्झौताू राष्ट्रघातको नयाँ आयाम हुन सक्ने बताउँदै खबरदारी गरेको छ।

नेपाली जनताले लामो सङ्घर्षबाट प्राप्त गरेका जनतान्त्रिक अधिकारहरू एकपछि अर्को गरी खोसिँदै गएका छन्। सीमित दलालहरू र मुख्यतस् अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको स्वार्थ रक्षाका लागि बालेन सरकार चरम फासिवादी अवस्थामा उभिएको छ। आम नेपाली जनता, नागरिक समाज र बौद्धिक वर्गको जनतान्त्रिक अधिकारहरू फासिवादी सरकारको कारागारमा कैद हुँदै गएका छन्।

बाह्य शक्तिको आशिर्वाद र करिब दुई–तिहाइ बहुमतको दम्भमा बनेको यो सरकारबाट आगामी दिनमा जनतन्त्र र जनजीविकाका समस्या झन्झन् विकराल बन्दैजाने र देशको राष्ट्रिय स्वाधीनता गम्भीर खतरामा पर्ने कुरा टड्कारो बनेको छ। यो स्थितिमा सम्पूर्ण देशभक्त, लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा राष्ट्रिय राजनीतिक सम्मेलन, वृहत संयुक्त मोर्चाको गठन र संघर्षका बलमा स्वाधीन संयुक्त सरकारको निर्माण एकमात्र विकल्प हो। यसका निमित्त अगाडि बढ्न पार्टीको स्थायी समिति बैठकले आम देशभक्त नेपाली जनतामा आह्वान गर्दछौं। ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित