प्यूठान । लालीगुराँस खेल मैदान दिहाल्नामा कार्तिक ७ गतेदेखि १५ गतेसम्म २० टिमबीच क्रिकेट खेलको प्रतिस्पर्धा हुँदैछ । लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माद्वारा क्रिकेट खेलको उद्घाटन गरिएको छ । कार्यक्रमको अध्यक्षता गोविन्द गिरी,राष्ट्रिय जनमोर्चा , नेकपा एमाले प्युठानका पार्टी अध्यक्षको साथै गौमुखी, झिम्रुक , नौबहिनी र माण्डवी गाउँपालिका अध्यक्षहरुको सहभागिता थियो। दिहाल्ना, तीनवटा पालिकाको संगमस्थल र महत्त्वपूर्ण आन्तरिक पर्यटन केन्द्र भनिए पनि खेलमैदान निर्माणको कामले पूर्णता पाउन भने सकिरहेको छैन। स्रोत :ज्ञामुराम न्यौपानेको फेस बुक वाल


Comments

