भारतीय सीमा सुरक्षा बलले बर्दियामा मच्चाएको आतंकको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा विरोध

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतीय सीमा सुरक्षा बलले बर्दियामा मच्चाएको आतंकको विरोध गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८३ कार्तिक १० गते एक वक्तव्य जारी गरी भारतीय सीमा सुरक्षा बलको अत्याचार प्रति विरोध जनाउनु भएको हो ।

प्रेस वक्तव्य –

“ यही २०८३ कार्तिक ७ गते बर्दिया जिल्ला अन्तर्गत गुलरिया नगरपालिका–८ सुरजपुर स्थित जयबागेश्वरी टोल (जाजरकोटी टोल) मा भारतीय सीमा सुरक्षा बलको एउटा टोली पसी बिहान ८ बजेदेखि १० बजेसम्म आतंक मच्चाएको घटनाले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण गरेको छ । सुरक्षा बलले दशगजाबाट करीब पाँचसय मिटर टाढा रहेको स्थानीय किसानको ड्रागनफ्रुटको बार भत्काउने, दशगजा वारिका घरहरुतिर औँल्याउँदै ती भारतको भूभागमा रहेकोले यहाँबाट तिमीहरु हट्नुपर्दछ भन्ने र अन्यथा गोली हान्ने धम्की दिएपछि स्थानीय जनता आएर कडा प्रतिकार गर्दा सीमा सुरक्षाबल त्यहाँबाट फर्कन बाध्य भएको छ । नेपालको जिल्ला प्रशासन र सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी निरीह बनेर बसेका छन् । स्थानीय बासिन्दाका अनुसार भारतले दशगजाभित्रै ग्रावेल सडक र दशजगा वारी नेपाली भूमिबाट गस्ती गर्ने गोरेटो बाटो बनाएको छ । झापा लगायत देशका अन्य भागमा पनि यस प्रकारका घटनाहरु घटिरहेका छन् ।
अतः हाम्रो पार्टी यो देशको राज्यसत्तामा रहेका सम्बन्धित निकायका अधिकारीहरुलाई सीमानामा पटक पटक भइरहेका यस प्रकारका सीमा अतिक्रमण र सिमा क्षेत्रका जनता माथिको भारतीय विस्तारवादको अपमान, उत्पीडन र आतंक रोक्न जोडदार माग गर्दछ । सरकारका अर्थमन्त्री भर्खरै भारत भ्रमणमा गएको बेला ‘भारतको विरोध गरेर मात्र कोही देशभक्त हुदैन’ भनेको लगत्तै यो घटना भएको छ । बालेन सरकारले भारत सामु आत्मसमर्पण गर्दै जाने र भारतले अतिक्रमण दोहो¥याइरहने कुरा कुनै पनि देशभक्त नेपाली जनताले स्वीकार्न सक्दैनन् । भारतीय विस्तारवादको अतिक्रमण र नेपाल सरकारको आत्मसमर्पणका विरुद्ध सशक्त आवाज उठाउन हाम्रो पार्टी आम शोषित–उत्पीडित जनता, नागरिक समाज र बौद्धिक समुदायलाई हार्दिक अपील गर्दछ । ”

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित