पुँजीपतिहरुले धर्मको नामबाट पनि जनतालाई लुट्छन्

 

उत्तम थापा, सचिव, क्रान्तिकारी कम्युनिस्टपार्टी नेपाल, जिल्ला समिति (नवलपरासी पूर्व)

० गत भाद्र १० गते भोटेकोशी–त्रिशुली बाढी पहिरोको यस नवलपुर (नवलपरासी पूर्व) जिल्लामा प्रभाव प¥यो कि परेन ?
–यस जिल्लामा भोटेकोशी–त्रिशुली बाढी पहिरोको प्रभाव निकै प¥यो । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जिल्ला सदस्य टिकाराम काफ्लेको सखेद भान्जा रसुवागढी भन्सार कार्यालयमा सुब्बाको रुपमा कार्यरत हुनुहुन्थ्यो । त्यही घटनाबाट वेपत्ता हुनुभयो । भाद्र २१ गते नै कुशको नमुना लास बनाएर उहाँको दाहसंस्कार गरियो । मध्यविन्दु नगरपालिकाको भँडारा भन्ने ठाउँका भवन निर्माणका रुपमा रसुवा पुगेका थारु समुदायका १२ जना वेपत्ता भए । यसरी नवलपरासी पूर्वमा ठूलै प्रभाव पा¥यो ।

० गत असोज ८–११ सम्म नेपालमा आएको भीषण वर्षात्ले यस जिल्लामा के कस्तो प्रभाव पा¥यो ?
–त्यसले पनि असर पा¥यो नि । धानखेती माछापालन र होटेल व्यवसायलाई असर ग¥यो । कावासोती न.पा.को वडा १७, अमलटारी गाउँ डुवानमा प¥यो । खेत डुवानमा परेर पाक्न लागेको धान नष्ट भयो ।
त्यही ठाउँमा माछापालन गरेको पोखरीमा पूरै पानी भरिएर माछाहरु पोखरीबाट निस्केर खेतबाली तिर गए। रोचक कुरा त के छ भने जताततै माछै माछा भएपछि किसानहरुले आ–आफ्ना खेतमा आएका माछा उठाउन थाले । अरुलाई आफ्नो खेतमा माछा मार्न नदिने, “जसको खेत उसैको माछा” एक खालको नियम जस्तो बनाएर माछा उठाएर बजारमा विक्री गर्न लागे । कावासोती, डण्डातिर किसानहरुले विक्री गर्न लगे । होटेल भित्र पानी छिरेर होटेल संचालनमा अवरोध भयो।

० अमेरिका–इजरायल र इरान युद्धका कारण नवलपरासीबाट रोजगारीमा गएका व्यक्तिहरुमा केही असर पा¥यो कि ?
–त्यसको केही असर देखिएको छ । नेपाली मजदुरहरु नवलपरासी (पूर्व) बाट गएकाहरुको जानकारी छैन । तर काम गर्ने शपिङ मल, होटेल, तेल कम्पनीहरुमा कामदारको रुपमा गएका नेपालीहरु रोजगारी गुमेकाले फर्किएका छन् ।विभिन्न तेल कम्पनी, होटेल आदिमा वम हानिएकाले क्षति भएकाले पुनर्निर्माण हुँदासम्मका लागि पछि काममा बोलाउने गरी घर पठाइएका छन् ।

० २०७४ सालमा स्थानीय तहको पुनर्संरचना गर्दा जिल्ला टुक्राएर दुई जिल्ला बनाइयो । जिल्ला विभाजित गरेकोमा यहाँको जनताको प्रतिक्रिया के छ ?
– जिल्ला विभाजन गरेकोमा यहाँका जनता सन्तुष्ट नै छन् । पूर्वी नवलपरासीका १२ वटा गाविसहरु रुचाङ, डेडगङ, रकुवा,अखंला, बुलिङटार, डाँडाझेरी जस्ता पहाडी गाविसहरुका जनताहरु प्रशासनिक काममा यातायातको असुविधाका कारण २ दिन यात्रा गरी जिल्ला प्रशासन कार्यालय परासी पुग्नु पथ्र्यो । जसले गर्दा एउटा सामान्य नागरिकता बनाउन ती गाउँका मानिसहरुलाई हप्तौं दिन समय खर्चिनु पर्दथ्यो। दुई जिल्लामा विभाजन भइसकेको अवस्थामा नवलपरासी (पूर्व) का बासिन्दाहरुलाई समय र आर्थिक दुवै हिसाबले सजिलो भएको छ।

० नवलपरासी (पूर्व) जिल्लाका के कस्ता समस्याहरु छन् ?
– यस जिल्लामा धेरै खालका समस्याहरु छन् । जस्तै ः यस जिल्लाको चुरे पहाड क्षेत्र, साविकको धवादी गाविस (हाल हुप्सेकोट गाउँपालिका, वडा नं. ६, प्लेगा भन्ने ठाउँ) मा हानिकारक धुँवा निस्कने र त्यस क्षेत्रमा बस्ने मानिसहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा स्वास्थ्य र मानसिक समस्या सिर्जना गरेको छ। त्यसको दीर्घकालीन रुपमा समाधानको लागि गहिरो अनुसन्धान राज्यबाट हुनुपर्दछ । बुढा पुराना स्थानीय बासिन्दाहरुका अनुसार २०४२ सालमा पनि त्यो पहाडमा धुँवा मात्र हैन आगो नै उठेको थियो रे । त्यतिखेर विदेशीहरु ७–८ जना आएर उक्त स्थानमा आगो निभाएका थिए भन्ने भनाइ छ ।
नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्गसी सिमेन्ट उद्योग नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा पर्ने सर्दी भन्ने ठाउँमा रहेको छ । त्यसले वातावरणलाई प्रदुषित गरिरहेको छ । मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष रुपमै असर गरिरहेको छ । मानिसहरुको स्वास्थ्यमा प्रत्यक्ष रुपमै स्वास प्रश्वास, आँखामा समस्याहरु आएका छन् । महेन्द्रराजमार्गमा दुम्कीबासबाट उत्तरपश्चिम तर्फ सिमेन्ट उद्योगका लागि ढुंगा बोक्ने ट्रकहरु र सिमेन्ट लिएर जाने ट्रकहरुले सडक क्षतविक्षत छ । त्यस उद्योगले आफ्नै ट्रक र टिप्पर हिंड्ने सडक समेत मर्मत गरेको छैन । लगातार धुलो उडाउँदै ट्रक र टिप्पर गुड्छन् । सडक–आसपासका जनता धुँवा धुलोले गर्दा अस्वस्थ बन्ने समस्याबाट ग्रस्त छन् । नारायणीले वर्षेनी यस जिल्लाका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, बेनी त्रिवेणी पालिकाका नदी तटीय क्षेत्रमा कटान र डुवानको समस्या रहिरहेको छ । तटबन्ध गर्न जरुरी छ । डुवान क्षेत्रका बासिन्दालाई उपयुक्त ठाउँमा स्थानान्तरण पनि गर्न जरुरी छ । केही हदसम्म लघुवित्त पीडित र मिटरव्याज पीडितका समस्याहरु पनि छन् । महेन्द्र राजमार्गबाट दक्षिणतर्पm मध्यवर्ती क्षेत्रका जनताले व्यवसाय गर्न पाएका छैनन् । सानो व्यवसाय गर्न पनि मध्यवर्ती क्षेत्रको कार्यालय (चितवन, कसरा) पुगेर अनुमति लिनुपर्दछ ।

०सास्वतधाम–सी.जी.ग्रुपले बनाएको सास्वतधामबारे के बुझ्नु भएको छ ?
–नवलपरासी (पूर्व) जिल्लाको देवचुली नगरपालिकामा महेन्द्र राजमार्गको उत्तरतर्फ अवस्थित एक “सास्वतधाम” नामक मन्दिर छ । त्यो सी.जी. ग्रुपले बनाएको हो । दलाल पुँजीपतिहरुले अन्तर्राष्ट्रिय नियम अनुसार आम्दानीको केही प्रतिशत समाजकल्याणका लागि खर्च गर्न पर्ने जुन व्यवस्था छ, त्यही व्यवस्था अन्तर्गत सी.जी ग्रुपले “सास्वतधाम” मन्दिर निर्माण गरेको हो । पुँजीपतिहरुले यसरी नै समाज कल्याणमा लगाएको रकम अन्ततः धर्मको नाममा लुट्ने, कमाउने र राज्यको आँखा छल्ने कार्य गरेका छन् ।

० तपाईको राजनीतिक जीवनको सुरुवात कसरी भयो ?
–मेरो जन्म स्थल काभ्रे जिल्ला हो । सुरुमा म विद्यार्थी संगठनबाटै काम गरेको हुँ । काभ्रेबाट तनहुँ आएर काम गरियो । अहिले नवलपरासी (पूर्व) मा पार्टीले दिएको जिम्मेवारी अनुसारकाम गरिरहेको छु ।

० पार्टीको आगामी कार्यक्रम के छ ?
–पार्टीको आर्थिक अभियान छ । आन्तरिक प्रशिक्षणका कार्यक्रमहरु छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित