बेंगलोर । अखिल भारत नेपाली एकता समाज बेँगलोर दक्षिणनगर समितिले १५४ औं लेनिन जयन्ती र नेकपाको ७५ औं स्थापना दिवस २२ अप्रिल २०२३ का दिन भव्यताका साथ मनाएको छ ।
नेकपा (मशाल)का केन्द्रीय सदस्य शशिधर भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ७५ औं स्थापना दिवसमा प्रमुख अतिथि भण्डारीले लेनिनको १५४ औँ जन्म जयन्तीको सन्दर्भमा कमरेड लेनिनको तस्वीरमा अविर लगाएर माल्यार्पण गर्दै आफ्ना धारणा राखेका थिए । उनले नेकपा स्थापनाको महत्व र लेनिनले कम्युनिस्ट आन्दोलन, रुसी समाजवाद स्थापना पु¥याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा शुभकामना मनतब्य राख्नेहरूमा अखिल भारत नेपाली एकता समाजका सचिव राम सिह बिक, करन दयाल, सेरसिंह बि क, कुमारी कमला बिक र विद्यार्थी रोशनी दयाल रहेका थिए ।
ज्ञातअज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण पछि उपस्थित जनसमुदायलाई केन्द्रीय सल्लाहकार शेर सिह बिकले स्वागत गरेका थिए । कार्यक्रमकोे अध्यक्षयता हरिश बिक, संचालन करन दयालले गरेका थिए ।
रक्तिम साँस्कृतिक अभियानका कलाकार राम सिह बिकले गीतबाट स्वागत गरेका थिए भने अध्यक्ष हरिश बिकले कार्यक्रमको समापन गरेका थिए ।

