मशाल सहितका पार्टीले बुझाए अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र

अर्घाखाँची । नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेकपा बहुमत र नेकपा (क्रान्तिकारी–माओवादी) को संयुक्त संघर्ष समितिले आज अर्घाखाँची जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षण पत्रमा “अहिले विभिन्न वित्तिय संस्थाहरू, लघुवित्तहरुले सर्वसाधारण जनतालाई आत्मनिर्भर र व्यवसायी बनाउने नाममा चक्रवृद्धि व्याजदर असुल गरी प्रताडित गरी घरबार बिहिन, विदेशीनवाध्य पार्ने र आत्महत्या गर्नेपर्ने वाध्यकारी अवस्था सिर्जना गर्ने” गरिएकोले “यस्तो अमानवीय व्यवहारलाई तुरुन्त कानूनी कारवाही” गर्न माग गरिएको छ ।

“मिटरव्याजीको नाममा आर्थिक शोषण गर्नु, जनतालाई सास्ती दिन, मिटरव्याजी राष्ट्रकै समस्या बन्नु” संविधानको खिल्ली उडाउने कार्य बताइएको छ । त्यसका साथै मिटरव्याजीहरुलाई कारवाही गर्न माग गरिएको छ ।

नरपानी चुनढुंगा उत्खनन् कार्य नरोकिएको र त्यसले पर्यावरणमा पारेको असरबारे पुनः सचेत गराइएको छ । चुनढुंगा उत्खनन् कार्य राेक्न माग गरिएकाे छ । खाँचीकोट मसिनाको पहाड निरन्तर उत्खनन भइरहेकोमा विरोध जनाइएकाे छ ।

त्यसैगरी ध्यानाकर्षणपत्रमा खोला, नाला, जंगलबाट अबैध गिट्टी, ढुंगा, बालुवा उत्खनन रोक्न, कृषकहरुलाई दिने सुविधान, सहुलियत कर्जा, राहत सामाग्री दुरुपयोग हुने गरेकोमा ध्यानाकर्षण गराइएको छ ।

स्वास्थ्य क्षेत्रमा चरम लापरवाही, दीर्घरोगीको औषधि दुरुपयोग भएको बारे तत्काल नियमन र अनुगमन गर्न माग गरिएको छ ।

ध्यानाकर्षण पत्रमा संयुक्त संघर्ष समितिका संयोज कृष्ण केसीको हस्ताक्षर रहेको छ ।

आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्र 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित