झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफ्नै गृहजिल्ला झापामा आक्रमण भएको छ । ओली सहभागी हुने कार्यक्रमलाई विथोल्ने प्रयासमा ओलीमाथि आक्रमण भएको हो । ओली बुद्ध शान्तिगाउँपालिकामा आयोजित कार्यक्रममा सम्बोधन गर्न गएका थिए । कार्यक्रमस्थल बाहिर सुरक्षा दिन खटिएका सुरक्षाकर्मी र प्रदेशको नाम कोशी हटाउनु पर्ने, जातीय पहिचान सहितको प्रदेश नामाकरण गर्नुपर्ने माग गर्दै आन्दोलन गरिहेका समूहले कार्यक्रममा ढुंगा प्रहार गरेका थिए ।
प्रहरीका अनुसार प्रदर्शनकारीहरुको ढुंगा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् । नेकपा एमालेका सचेतक पदम गिरीले संसद् बैठकमा समेत आपत्ति जनाएको छन् ।
गृह जिल्लामा ओलीमाथि आक्रमणको प्रयास
Comments

