एसीसी प्रिमियर कपको फाइनल नेपाल र यूएई बिच

काठमाडौं । काठमाडौंमा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई पुगेका छन् ।

आज किर्तिपुरको त्रिवि मैदानमा नेपाल र कुवेत बिच खेल वर्षाका कारणले प्रभावित भयो । वर्षाका कारण ओभर घटाइएको खेलमा डिएलएस प्रणाली अनुसार नेपालले कुवेतलाई २८१ रनको लक्ष्य दिएको थियो । कुवेतले ८.३ ओभरमा ६ बिकेट गुमाएर ३७ रन जोड्दा खेल वर्षाका कारण रोकियाे । कुवेतले २० ओभर नखेलेका कारण डीएलएस प्रणालीबाट नजिता दिन नमिल्ने भएकाले कुवेत र नेपालको खेला अर्थहीन रहन गयो ।

नेपाल एसीसी प्रिमियर कपमा समूह विजेता भएर सेमिफाइनल प्रवेश गरेका आधारमा फाइनलमा प्रवेश गरेको हो ।

उता डीएलएस प्रणालीका आधारमा यूएईले ओमानलाई २ रनले पराजित गर्‍यो । यूएईले दिएको २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियाे ।

नेपाल र युएइको फाइनल खेल सोमबार हुनेछ भने ओमन र कुवेत तेस्रो स्थानका लागि आइतबार भिड्नेछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित