चेन्नैमा भलिवल प्रतियोगिता सम्पन्न

चेन्नै । अखिल भारत नेपाली एकता समाज चेन्नई उत्तर नगर समितिको आयोजनामा ३० अप्रिल २०२३ मा त्रिभातियुर, चेन्नईमा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।

अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र वस्यालले भलिवल प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगितामा चेन्नई पूर्वबाट दुई टिम, चेन्नई उत्तर बाट दुई टिम र चेन्नई पश्चिमबाट एक टिम गरि ५ टिमको सहभागिता थियो ।

खेलमा चेन्नई पश्चिम नगर समितिको टिम प्रथम, चेन्नई पूर्व नगर टिम द्वितीय भएको थियो । खेलडी अनुशासनमा रोशन सुनारालाई, उत्तम खेलाडी बिष्णु नेपालीलाई छनोट गरिएको थियो ।

खेलको अम्पायरमा नर बहादुर गुरूङ, बिक्रम केसी, नर बहादुर पोख्रेल र उमानन्द आचार्य रहेका थिए ।

विजयी टिमहरूलाई महासचिव महेन्द्र वस्याल, विद्यार्थी अध्यक्ष बिक्रम केसी र नर बहादुर गुरूङले पुरस्कार वितरण गरेका थिए । विजयी टिमहरूलाई केन्द्रीय महासचिव महेन्द्र वस्याल र रतन सिंहले बधाई दिएका थिए ।

खेलकूद प्रतियोगिताको अध्यक्षता नर बहादुर गुरूङ, स्वागत नर बहादुर बिकले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन उमानन्द आचार्यले गरेका थिए ।

खेल प्रतियोगिता सुरुहुनुभन्दा पहिले ज्ञात अज्ञात सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित