मजदुर दिवसको शुभकामना

केशव गाहा ‘पाल्पाली’

ईज्जत प्यारो हुन्छ नाम प्यारो हुन्छ
मजदुरलाई आफ्नो काम प्यारो हुन्छ

लुटेर खाने यस पूँजीवादी युगमा
पसिनाले कमाएको दाम प्यारो हुन्छ

बाध्यताले आएको हो यस सहरमा
हुन त हजुर आफ्नै ठाम प्यारो हुन्छ

काम नपाए त चुल्है जल्दैन हजुर
त्यसैले यहाँ हरेक याम प्यारो हुन्छ

परिवार देखी टाढा बिरानो ठाउँमा
बाआमाको चिट्ठी पत्र खाम प्यारो हुन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित