‘राष्ट्रका लागि सङ्गीत अभियात्रा’काे आज साङ्गीतिक कार्यक्रम हुने

काठमाडौँ । जनवादी कलाकारले देशव्यापी रुपमा जनतामा चेतना जगाउन जनसांस्कृतिक कार्यक्रम सञ्चालन गरिरहेका छन् । देशका विभिन्न स्थानहरूमा गरिएका कार्यक्रमलाई “राष्ट्रका लागि सङ्गीत अभियात्रा” नाम दिइएको छ । त्यसै अन्तर्गत आज काठमाडौँ स्थित प्रज्ञाभवन, कमलादीमा जनसाङ्गीतिक प्रस्तुत हुँदैछ । सो कार्यक्रम दिउँस २ बजेबाट सुरु हुने आयोजकले बताए ।

कार्यक्रममा जनवादी गायक जीवन शर्मा, माधव प्रधान, मणी थापा, उदय श्रेष्ठ, ओम श्रेष्ठ, चिरण सी, कर्ण विद्रोही, नीलिमा पुन, मोहित श्रेष्ठ, नारायण शर्मा, उदय रिजाल, सन्ध्या मगर, कविता पुन, लक्षमण पाख्रिन, निशा बुढामगर, अनु शर्मा, लक्ष्मी केसी र कुवेर सी लगायतका कलाकारले आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम रहेको जनाइएको छ ।

साङ्गीतिक कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, केपि शर्मा वली, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, बिप्लव, कृष्ण बहादुर महरा लगायतका नेता, साहित्यकार, कवि, गीतकार, सङ्गीतकारको उपस्थिति रहने आयोजकले बताएका छन् ।

गत चैत ४ गते धनगढीबाट शुरु भएको “राष्ट्रका लागि सङ्गीत अभियात्रा” कार्यक्रम देशका दर्जनौँ सहरहरूमा प्रस्तुत गरिएको थियो । आज वैशाख २५ गते प्रज्ञाभवनमा त्यो कार्यक्रमको समापन हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित