काठमाडौं, जेठ १२ । पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा विवाद भएको छ ।
जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बोलेका थिए “तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार । त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।”
बैठक सुरु हुना साथ एमालेका सांसदहरु आआफ्नो स्थानमा उठेर सत्तारूढ सांसद लेखनाथ दाहालको प्रस्तुति प्रति विरोध जनाउँदै आरोप पुष्टि गर्न माग गरेका थिए ।

