नायक भुवन केसी एमाले छाडी कांग्रेसमा

काठमाडौं । केही वर्ष अघि एमालेमा प्रवेश गरेका अभिनेता भुवन केसी फेरि एमाले पनि छाडी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नायक केसीसँगै अभिनेत्री श्वेता खड्का पनि कांग्रेसमा प्रवेश गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा २०७९ वैशाख २० गते आयोजित एक कार्यक्रमका बीच भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए ।

नेपालमा पछिल्ला दिनहरुमा कलाकारमा राजनीति मोह बढेको देखिएको छ ।

 अभिनेत्री रेखा थापा माओवादी हुँदै राप्राप्रामा सक्रिय राजनीति गरिरहेकी छिन् । उता करिश्मा मानन्धर नयाँ शक्ति हुँदै यतिबेला एमालेमा  पुगेकी छिन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित