एकताको पक्षमा उभिन अखिल भारत नेपाली एकता समाजको अनुरोध

 

–ईन्द्र भेटाल एकता विरोधी , संगठन विरोधी र पद्धति विरोधी कार्यमा लागेकाले साधारण सदस्य र सबै जिम्मेवारीबाट हटाइएको सार्वजनिक । 

– सम्पूर्ण अखिल भारत नेपाली एकता समाजका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई एकताको पक्षमा दृढतापूर्वक उभिन अनुरोध । 

…………………………………………

भारत । अखिल भारत नेपाली एकता समाजले समाजका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई एकताको पक्षमा दृडतापूर्वक उभिन अनुरोध गरेको छ । समाजका अध्यक्ष आनन्द थापाले २०२५ सेप्टेम्बर २८ तारिखका दिन एक वक्तव्य जारी गर्दै सो अनुरोध गर्नुभएको हो। वक्तव्यको पूर्ण पाठ यसप्रकार छ –

“अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको सचिवालय बैठक दिनाङ्क २७ सेप्टेम्बर २०२५ का दिन बस्यो र बैठकले गरेका कतिपय निर्णयहरूलाई सार्वजनिक गर्नुपरेको हुँदा यो वक्तव्य जारी गरिएको छ।

अखिल भारत नेपाली एकता समाज आफ्नो स्थापनाकालदेखि भारतस्थित नेपालीहरूको बीचमा शोषण,दमन, अन्याय, अत्याचारको विरुद्ध न्याय, समानताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको संगठन हो । यस संगठनको सकारात्मक कदमको विरुद्ध अत्तालिएर विभिन्न प्रकारका देशी,विदेशी शक्ति ,अवसरवादी सङ्घ संगठन र व्यक्तिहरू हाम्रो संगठन माथि चौथर्फीरुपमा आक्रमणका साथै टुटफुट र विभाजन गर्ने गराउने असफल प्रयत्न पनि गर्दै आइरहेको इतिहास छ । उक्त प्रकारका जालझेल, षड्यन्त्रको विरुद्ध एकता प्रेमी दाजुभाइ तथा दिदीबहिनी, संगठनका नेता तथा कार्यकर्ता दृढतापूर्वक संघर्ष गर्दै अखिल भारत नेपाली एकता समाजको गौरवपूर्ण इतिहासलाई बचाउने काम भइरहेको छ । अहिले देश भित्रको जेन जी आन्दोलनपछि देश क्षेतविक्षेत अवस्थाबाट गुज्रिरहेको छ। वैदेशिक हस्तक्षेप बढ्दो छ। देशका हजारौं कैदीबन्दीहरू फरार भएका छन् । अराजकता मौलाएको छ । महंगीले जनताको जीवनस्तर कष्टकर बन्दै गएको छ। यसको प्रभाव देश बाहिर रहेका नेपाली जनतामा पनि नपरिरहने कुरा भएन । यस्तो कहाली लाग्दो अवस्थामा सबै आग्रह पूर्वाग्रह छाडेर राष्ट्रियताको पक्षमा राष्ट्रवादी र देशभक्त नेपाली जनता एकजुट हुनुपर्ने समय आएको छ ।

 

तर यस्तो विषम अवस्थामा केही अवसरवादी एवं पदलोलुप एकता विरोधी व्यक्तिहरुले हाम्रो संगठनलाई आक्रमण गरी धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दैछन् । यसको शिकार ईन्द्र भेटाल जी हुनु भएको छ । आफ्ना असहमति र अन्तरविरोधहरुलाई हामीले अपनाउँदै आएको संगठन परिचालन गर्ने जनवादी केन्द्रीयताको विधि र पद्धतिको विरुद्ध सार्वजनिक सामाजिक सञ्जालमार्फत पोष्ट गर्दै आउनु भएको छ । यो एकता विरोधी , संगठन विरोधी र पद्धति विरोधी भएकाले उहाँ आजको मितिदेखि हाम्रो संगठनको साधारण सदस्य र सबै जिम्मेवारीबाट हटाइएको यो वक्तव्यबाट सार्वजनिक गर्दछौं । सम्पूर्ण अखिल भारत नेपाली एकता समाजका नेता तथा कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुलाई एकताको पक्षमा दृढतापूर्वक उभिन अनुरोध गर्दै कुनै पनि प्रकारको भ्रममा नपर्न अनुरोध गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित