–लोकनारायण सुबेदी
……………………………………………
गाजाको भबिष्यको पूरै रुपरेखा तयार गरेको औंल्याइदैछ । त्यसमा एउटा योजना बनाइएको छ जस अन्तरगत प्रतिरोधी प्यालेस्टिनी शक्ति हमासले ७२ घण्टा भित्र २० जीवित इजरायली बन्धकहरुको रिहाई गर्नु पर्नेछ र ती २० जना मृतकहरुको शब पनि फिर्ता गर्नु पर्नेछ जसको मृत्यु भइसकेको बताइएको छ । त्यस योजना अनुसार हमासले आफ्ना हतियार बिसाउने छ र त्यसकासाथै उसले युद्धका लागि बनाएका सुरुङ्गहरु र हतियार निर्माण गर्ने स्थलहरु प्नि नष्ट गरिने बताइएको छ । प्रत्येक इजरायली बन्दक शबको सट्टामा १५ गाजाबासी नागरिकहरुको शब जिम्मा दिइने कुरा पनि यसमा छ । योजनामा के कुरा पनि उल्लेख छ भने जब दुइ पक्ष यो सम्झौता प्रस्तावमा सहमत हुनेछन् गाजापट्टीमा तुरुन्तै सबै किसिमका सहायता पठाउन थालिने छ ।
………………………………………………………
बिश्वमा बितेको दुई बर्षयता देखि प्यालेस्टिनमा अमेरिकी नेतृत्वको नाटोको आडधापमा इज्रायलद्वारा चलाइएको घोर नरसंहार र जाति सफायको क्रूर अभियान र गाजाकोमाथिको घोर बिनाशकारी बिध्वश पछि अमानबीय अभियान अस्थाईरुपमा रोकिने स्थितिको निकट पुगेको देखिदैछ । हजारौ हजार निर्दोष बालबालिका र महिलासमेत घोषितरुपमा ६६ हजार जति अघोषितरुपमा लाखौ मानिस मारिएको या बमले उडाएका ध्वस्त महलहरुको खण्डहरमा पुरिएको अनुमानका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूको बैठक पश्चात अहिलेको यो पछिल्लो गाजा शान्ति प्रस्ताव तयार भएको बताइएको छ ।
त्यस प्रस्तावमा ट्रम्पले गाजाको भबिष्यको पूरै रुपरेखा तयार गरेको औंल्याइदैछ । त्यसमा एउटा योजना बनाइएको छ जस अन्तरगत प्रतिरोधी प्यालेस्टिनी शक्ति हमासले ७२ घण्टा भित्र २० जीवित इजरायली बन्धकहरुको रिहाई गर्नु पर्नेछ र ती २० जना मृतकहरुको शब पनि फिर्ता गर्नु पर्नेछ जसको मृत्यु भइसकेको बताइएको छ । त्यस योजना अनुसार हमासले आफ्ना हतियार बिसाउने छ र त्यसकासाथै उसले युद्धका लागि बनाएका सुरुङ्गहरु र हतियार निर्माण गर्ने स्थलहरु प्नि नष्ट गरिने बताइएको छ । प्रत्येक इजरायली बन्दक शबको सट्टामा १५ गाजाबासी नागरिकहरुको शब जिम्मा दिइने कुरा पनि यसमा छ । योजनामा के कुरा पनि उल्लेख छ भने जब दुइ पक्ष यो सम्झौता प्रस्तावमा सहमत हुनेछन् गाजापट्टीमा तुरुन्तै सबै किसिमका सहायता पठाउन थालिने छ । ट्रम्पले के भनेका छन् भने यदि हमासले यो योजना स्वीकार गर्दैन भने अमेरिका नेतन्याहूको पक्षमा खडा हुनेछ । अर्कोतिर नेतन्याहूले के धम्की दिएका छन् भने यदि हमासले यो योजनालाई अस्वीकार गर्यो भने या यसको पालना गरेन भने इजरायले आफ्नो योजना अन्तिमसम्म अघि बढाउने छ र गाजालाई सम्पूर्णरुपमा चिहानघारीमा परिणत गर्नेछ । उनको यो धम्कीको के अर्थ लगाइदैछ भने हमासलाई समाप्त पार्ने नाउमा गाँजामाथि कब्जा जमाउने उनको योजना अहिले पनि कायम छ र त्यो जस्तोसुकै हालतमा पनि उनले पूरा गर्नेछन् । दुइ बर्ष अघिदेखि चौतर्फी सर्बनाश ब्यहोरिइरहेको गाँजामा अब त्यत्ति धेरै बिध्बंशकारी बमहरु बिस्फोटन नहोलान्, कताकति बचेखुचेको शेष जीवन त्यहाँ आउदा दिनमा पनि कायम रहला पनि । त्यसलाई नै पनि ठूलो राहतकोरुपमा हेर्नुपर्ने भएको छ । धेरै देशले यो ट्रम्प शान्ति प्रस्ताबलाई स्वागत गरेका छन् । त्यसो गर्नेमा बृटेन, फ्रान्स, तथा यूरोपेली संघका देशहरुका अतिरिक्त भारत, साऊदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, जोर्डन, तुर्की, पाकिस्तान, इण्डोनेशिया लगायतका मुस्लिम देशहरु पनि यो गाँजा शान्ति योजनामा सहमत रहेको देखिएको छ भने पेलिस्टिनी अधिकारहरुले पनि यो योजनालाई सकारात्मकरुपमा हेरिरहेको बताइएको छ । हुन पनि पेलिस्टिनीहरुसँग अरु कुनै बाटो बचेको पनि छैन ।
बितेका दुई बर्षयता एउटा बसे बसाइएको देशलाई पूर्णरुपले बर्बाद पारेर यतिबेला पश्चिमा शक्तिहरुले त्यसलाई पुनः निर्माण गर्ने यस्तो योजना बनाएका हुन् । वास्तवमा पूँजीवादको यस्तै कार्यशैली हुने गरेको छ । पहिला कुनै चीजको बारेमा खोटको खोजी गर्ने र दोष देखाउन, त्यसलाई समाप्त पार्ने अनि आफ्नो मानोमानीपूर्बक यस्तो ढाचा तयार पार्ने जसबाट बढीभन्दा बढी मुनाफा कमाउन सकिने आधार तयार होस् । अति लोभ लालचको यो अगस्थी पूँजीवादीतन्त्र यत्तिका निष्ठुर देखिन्छ कि त्यसलाई बाँझो जमिन, हराभरा बनजंगल,मुक जनावर, हाड मासुको मानिसमा कुनै फरक पर्दैन । उसले मनमौजी किसिसले सबैमाथि समान किसिमले अतिक्रमण र बर्बादीको बुल्डोजर चलाउँदछ र स्वहा पार्न कुनै आइतबार मान्दैन । यसरी अहिले गाजा पूँजीवादको बुल्डोजरबाट पूर्णरुपले समतल भइसकेको या हुन गइरहेको प्रतीत हुन्छ । यस कारण अब यी प्रश्नरुको जवाफ शायदै मिल्ला कि बन्धकहरुको रिहाई, मृतकका शबहरु फिर्ता गर्ने कुरा हुन जानेछ र त्यसपछि कुनै हमला पनि हुनेछैन । तर हमासलाई समाप्त पार्ने नाउँमा जुन असंख्य र अबोध बाल बालिकाहरुको ज्यान लिइयो र निर्दोष प्यालेस्टिनहरुलाई मारियो तिनले कहिल्यै न्याय पाउलान् !
हालै बितेको सातासम्म सयुंक्त राष्ट्र महासभामा पेलिस्टनको समर्थनमा आवाज उठिरहेको थियो, उसलाई मान्यता दिने देशहरुको संख्या बढिरहेको थियो र इज्रायली प्रधानमन्त्री नेतन्याहूको भाषणका बेला जसरी कतिपय देशका राजदूतहरु उठेर हिडे त्यसबाट के खुशियालीको आभास हुन्थ्यो भने आजको बिश्व ब्यवस्थामा अघोषित परिबर्तन भइरहेको र संयुक्त राष्ट्र संघको महत्ता पुनः स्थापित हुन गइरहेको छ । तर अहिले अर्को के लाग्न थालेको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघको स्थान लिन थालेका छन् । उनले के दाबी पनि गर्दै आएका छन् भने कयौं देशहरुका बीचको युद्ध उनले रोकाएका छन् । कतिसम्म भने उनलाई नोबेल शान्ति पुरस्कारको दाबेदार पनि बताइन थालेको छ ।
अब गाजाका तथाकथित शान्ति बहाली पछि उनको शन्ति पुरस्कारको त्यो दाबेदारी अझ बलियो हुन पुगेमा कुनै आश्चर्य हुनेछैन । अनि त यो प्रश्न पनि हुने छैन कि शान्ति प्रस्ताव पछि जुन पेलेस्टिन खडा गरिने छ त्यसको लगाम यथार्थतः कसको हातमा हुनेछ । के घोषित तथ्य रहेको छ भने इज्रायललाई शुरुदेखि नै अमेरिकाको पूरा समर्थन रहँदै आएको छ । बितेका केही दिनहरुमा ट्रम्पले चाहे नेतन्याहूलाई हमला रोक्न या अरु बढी हिंसा सैह्य नहुने कुरा गरेको होस् त्यो वास्तबमा केवल देखावटी कुरा थियो । इज्रायल अमेरिकी छत्रछायामा नै फले फुलेको कुरा बिश्वभरी नै असंदिग्धरुपमा खुलस्तछ । त्यसैले अब पेलिस्टिनीहरुका लागि पनि अमेरिकाको कठपुतली सरकार प्राप्त हुनेछ । शायत यो अर्को एउटा कटु तथ्य बन्दैछ ।
……………………………………………………………
उल्लेखनीय छ कि अमेरिकाले गाजाको भावी शासन ब्यवस्थाको जुन रुपरेखा तयार पारेको छ त्यसमा एउटा गैर राजनीतिक पेलिस्टिनी कमिटीले ‘गाजामा अस्थाईरुपमा’ शासन गर्नेछ । त्यसको रेखदेख एउटा नयाँ अन्तर्राष्ट्रिय ट्राञ्जिशन बढी अर्थात ‘बोर्ड अफ पिस’ भनिने संरचनाले गर्नेछ ।के भनिदैछ भने यसको नेतृत्व डोनाल्ड ट्रम्प स्वयंले गर्ने छन् । तर यसमा बृटेनका पूर्ब प्रधानमन्त्री टोनी ब्लेयरको पनि अहं भूमिका रहने कुरा छ । यस योजनामा पेलेस्टिनी शासनमा हमासको भने कुनै भूमिका रहने छैन । अमेरिकाको आर्थिक बिकास योजना अन्तरगत गाजाको पुननिर्माण गरिनेछ ।
…………………………………………………
उल्लेखनीय छ कि अमेरिकाले गाजाको भावी शासन ब्यवस्थाको जुन रुपरेखा तयार पारेको छ त्यसमा एउटा गैर राजनीतिक पेलिस्टिनी कमिटीले ‘गाजामा अस्थाईरुपमा’ शासन गर्नेछ । त्यसको रेखदेख एउटा नयाँ अन्तर्राष्ट्रिय ट्राञ्जिशन बढी अर्थात ‘बोर्ड अफ पिस’ भनिने संरचनाले गर्नेछ ।के भनिदैछ भने यसको नेतृत्व डोनाल्ड ट्रम्प स्वयंले गर्ने छन् । तर यसमा बृटेनका पूर्ब प्रधानमन्त्री टोनी ब्लेयरको पनि अहं भूमिका रहने कुरा छ ।यस योजनामा पेलेस्टिनी शासनमा हमासको भने कुनै भूमिका रहने छैन । अमेरिकाको आर्थिक बिकास योजना अन्तरगत गाजाको पुननिर्माण गरिनेछ । त्यसमा के पनि भनिएको छ भने इज्रायलले गाजामाथि न त कब्जा गर्नेछ न त त्यसलाई आफ्नो देशमा मिलाउने छ । अनि त्यसका सेना पनि समयसँगै चरणबद्ध किसिमले पछि हट्ने छन् । यस पटक ट्रम्पले आफ्नो यस अघिको बयानभन्दा उल्टो कुरो भनेका छन् कि पेलेस्टिनीहरुलाई गाजा छोड्का लागि बाध्य तुल्याइने छैन । उनीहरुलाई त्यही बस्ने र अझ राम्रो जीवन यापन गर्ने र नयाँ गाजा बनाउने अवसर प्रदान गरिने समेत भनिएको छ ।
सबभन्दा बिशेष कुरा के छ भने यस योजनामा एउटा पेलेस्टिनी राष्ट्रको सम्भावनाका लागि ढोका पनि खुला छोडिएको छ । यहूदीहरुलाई इज्रायलमा बसाउनभन्दा पहिलादेखि नै पेलेस्टिनी राष्ट बनेको थियो । तर यति बेला ती पेलेस्टिनीहरुलाई आफ्नै जमिनमा बैधानिक पहिचानको मुखताक्नु पर्ने अत्यन्तै नाजुक स्थिति बनाइएको छ । यहूदीहरुलाई इज्रायलमा बसाउनुभन्दा पहिला नै पेलिस्टिनी राष्ट्र बनिसकेको थियो । तर अहिले त्यही पेलेस्टिनीकै जमिनमा आफ्नो बैध पहिचान अपेक्षा गरिरहनु पर्ने स्थिति बनाइएको छ ।
यस पूरा कसरतमा बेलायतका पूर्ब प्रधानमन्त्री टोनी ब्लेयरलाई जुन महत्वपूर्ण जिम्मेवारी बहन गर्ने अभिभारा दिइएको छ त्यसले पनि कुनै ठूलो खेलतर्फ संकेत गरेको औल्याइदैछ । २००७ मा प्रधानमन्त्री पद छोडिसकेपछि ब्लेयरलाई अमेरिका, यूरोपेली संघ, रुस र संयुक्त राष्ट्र अर्थात ‘क्वार्टेट’को मध्य–पूर्ब दूत बनाइएको थियो । स्मरण रहोस् ती उनै ब्लेयर हुन् जसले आम हत्याका हतियार रहेको बिनाकुनै प्रमाण इराकमाथि हमला गर्ने गम्भीर कुरामा अमेरिकालाई साथ दिएको थियो र सद्दाम हुसेनको तथाकथित खतरालाई अत्यन्तै बढाइ चढाई प्रस्तुत गरेको थियो । बिनाशकारी हतियार रहेको सन्देहमा त्यतिबेला केवल इराकलाई नष्ट र बर्बाद तुल्याइएको मात्रै थिएन सद्दाम हुसेनलाई फाँसीमा पनि चढाइएको थियो । यस्तो काम ती मानिसहरुले गरे जसको गोप्य या खुल्ला भण्डारमा अनेको आम नरसंहारकारी हात हतियार राखिएका थिए र छन् । नेतन्याहू जस्ता इज्रायली युद्ध अपराधीको यसरी ट्रम्पले अझै पनि धाप दिएको र ढाढस बढाइदिएको अन्तर्राष्ट्रिय सम्बन्धका ज्ञाता बिश्लेषकहरुले औंल्याइरहेका छन् । त्यसैले अझै पनि मध्य पूर्बको पुरानो समस्या पेलेस्टिनीहरुको स्वधानीन स्वतन्त्र राज्यको सोह आना न्यायिक मागप्रति बेवास्ता गरिने र उनीहरुलाई अधिनमै राखिरहने चालबाजीपूर्ण समाधान सन्देहपूर्ण छ । 00000000
Comments