देशको राजनीतिक परिस्थिति र निकासको प्रश्न

(अवधारणा – पत्र)

– सन्त बहादुर नेपाली

१) जब देशमा अन्याय र दमन हुन्छ , त्यसका विरुद्ध विद्रोह हुन्छ । सामन्तवादका विरुद्ध पुँजीवादका लागि विद्रोह, पुँजीवाद विरुद्ध समाजवादका लागि विद्रोह, विश्वका धेरै देशहरुमा हुँदै आएका छन् । हाम्रो देशमा पनि ०४६ सालको जनआन्दोलन, ०६२÷६३ को जनआन्दोलन, त्यो भन्दा पहिले दश वर्षे माओवादी जनयुद्ध एउटा सशक्त विद्रोह थियो । देशमा लोकतान्त्रिक गणतन्त्र आएर पनि त्यसले आधार (Base), उत्पादन प्रणालीमा परिवर्तन भएन । सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवादबीचको सहमतिमा यो व्यवस्थाको संविधान बन्यो । उपरी संरचनामा मात्र परिवर्तन भयो । तर सामाजिक अन्तर्विरोधहरु समाधान भएनन् । त्यसैको परिणाम ०८२ भाद्र २३ र २४ को जेनजी आन्दोलन विस्फोट भएको हो । यस प्रकारको आन्दोलन हाम्रो देशमा मात्र होइन, विश्वका धेरै देशहरुमा भएका छन् । केही वर्ष अगाडि सन् २०२२ मा श्रीलंकामा आर्थिक संकट विरुद्ध “ अरगल्या विद्रोह” भएको थियो । सन् २०२४ मा बंगलादेशमा सरकारी जागीर भएकाहरुको सन्तानलाई जागीरमा अत्याधिक सिट आरक्षित गरिएको विरोधमा विद्रोह भएको थियो । इण्डोनेशियामा यही वर्ष सन् २०२५ मा नेपो बेवी अभियान चलाएका थिए । सन् २०११ मा अमेरिकाको न्यूयोर्क शहरमा बेरोजगारी समस्या विरुद्ध युवाहरुले वालस्ट्रीट विद्रोह गरेका थिए । सन् २०१० मा अरब क्षेत्रमा बसन्त विद्रोह भएको थियो । यी विद्रोहहरुले समाजमा नयाँ चेतना र परिवर्तन ल्याउने गरेको छ । नेपालमा भ्रष्टाचार विरुद्ध गरिएको जेनजी आन्दोलनले पनि कतिपय कमी कमजोरीका बाबजुद समाजलाई नयाँ दिशा दिन खोजेको छ । देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना नेपालको प्रजातान्त्रिक इतिहासमा एउटा महत्वपूर्ण कडी थियो । तर करिब १० वर्ष खर्चेर बनाएको संविधानले नेपालको दलाल तथा नोकरशाही पुँजीपति वर्गकोमात्र स्वार्थ रक्षा ग¥यो । कतिपय उपलब्धिहरु प्राप्त भए पनि नेपाली जनताको समस्या समाधान गर्दै शान्ति र समृद्धितर्फ पाइला सार्न सकेन । देशमा जनताले निर्वाचित गरेर पठाएका संसददेखि गाउँ तहसम्मका जनप्रतिनिधिहरु बदनाम बन्दै गए । जनताले भ्रष्टचारीहरुलाई मात्र होइन, पार्टीहरुलाई पनि विश्वास गर्न छोडे । इमान्दार जनप्रतिनिधिहरु, देशभक्त र क्रान्तिकारी पार्टीहरु पनि जनताको नजरमा विश्वसनीय र आदरयोग्य भएनन् । यही अवसरको फाइदा उठाउँदै एकातिर भारतीय विस्तारवादले राजा ज्ञानेन्द्रलाई सत्तामा पुनस्र्थापना गर्न अनेकौं हथकण्डाहरु अपनायो, अर्कातिर अमेरिकी साम्राज्यवादले डलरको बलमा आप्mना आइएनजोओहरुलाई जनताको बीचमा फैलाउन सफल भयो । त्यसले गर्दा २०७९ को स्थानीय तह र संघीय निर्वाचनमा “स्वतन्त्रहरु” प्रति जनताको आकर्षण बढ्न गयो । त्यो एक प्रकारले जनताको शान्तिपूर्ण भावनात्मक विद्रोह थियो । तर एक्कासी देखा परेका “स्वतन्त्रहरु” को बारेमा स्पष्ट रुपले अमेरिकी साम्राज्यवाद र विस्तारवादसितको सम्बन्ध रहेको प्रमाणहरु नभेटिए पनि उनीहरु अमेरिकी साम्राज्यवादको सीआइए र भारतीय “रअ” बाट संचालित थिए भन्ने कुरा सचेत नेपालीले अध्ययन गरिरहेका थिए । त्यो कुनै लुकेको कुरा थिएन ।

अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको रातारात सहमति गरेर ल्याइएको प्रधानमन्त्रीको उम्मेदवार भएको हुँदा अहिले कार्की नेतृत्वको सरकारलाई समर्थन गर्नु भनेको देशमा देशी विदेशी प्रतिक्रियावादीहरुको स्वार्थलाई समर्थन गर्नु हो ।

२) अमेरिकी साम्राज्यवादले अन्य देशमा जस्तै नेपाललाई पनि सैन्य सुरक्षा अन्तरगत राख्ने र चीन विरुद्ध आफ्नो गतिविधि बढाउन चाहिरहेको परिप्रेक्ष्यमा नेपालका दलाल शासकहरु भ्रष्टाचार, कमिशनखोरी, माफिया गिरी, महंगी, लुट, ठगी, हत्या, बेरोजगारी, मानव तस्करी तथा राष्ट्रघाती सन्धि सम्झौताहरु प्रति जनताको विरोध हुँदाहुँदै पनि निरन्तर अगाडि बढाए । देश र जनताको भन्दा पनि आफ्नो परिवार, नातागोता, कार्यकर्ता र पार्टीको हितको लागि सत्तालाई उपयोग गरे । यसप्रकारका राष्ट्रविरोधी तथा जनविरोधी कार्यको जगमा कथित स्वतन्त्रहरु मौलाउने अवसर पाए । यसै सिलसिलामा जेनजीहरुको डिजिटल संगठनको विकास भयो । जेनजीहरुले देशमा मात्र होइन, विदेशमा पनि संगठन निर्माण गरे । २०८२ भाद्र २३ गते जेनजीहरुले भ्रष्टाचारको अन्त र ओली सरकारद्वारा सामाजिक संजालमाथि लगाइएको प्रतिबन्धको फुकुवाका लागि आन्दोलनको आयोजना गरे । आन्दोलन माथि ठुलो दमन ग¥यो । जेनजी पुस्ताका युवाहरुले राखेको आन्दोलनमा हामी नेपाल, स्टुडेन्ट फर फ्री तिब्बत, बरबरा फाउण्डेशन, अमेरिकन युथ काउन्सिलका तालिम प्राप्त तथा योजनाकारहरुले भीडको नेतृत्व गरे । प्रहरीको गोली प्रहारबाट ६ दर्जन भन्दा बढी होनहार युवाहरुले शहादत प्राप्त गरे । ४०० भन्दा भन्दा बढी घाइते भए । त्यही भीडले योजनाबद्ध ढंगले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख अड्डाहरुमा आगजनी गरे । निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनी, लुटपाट, तोडफोड र शारीरिक हमला गरे । त्यो कार्यमा घुसपैठीयाहरुले नेतृत्व गरेको कुरा खुल्दै आएको छ । तर नेपाली सेनाले राष्ट्रको सम्पत्ति जोगाउन कुनै प्रतिकार गरेन । सेना किन रमिते बन्यो ? त्यो अध्ययनको विषय बनेको छ । यसरी भाद्र २३ र २४ को आन्दोलनको क्षतिको जिम्मेवार ओली सरकार हो । यसमा कुनै शंका छैन ।
जेनजीको आन्दोलन लामो समयदेखि जनताको असन्तुष्टीको विस्फोट थियो । जनताको विद्रोह थियो । तर सक्कली जेनजीलाई पछाडि छोडेर ६ दर्जन भन्दा बढी शहिदहरुले बगाएको रगत माथि टेकेर अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको सहमतिमा पूर्वन्यायाधीश सुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरियो । त्यहीबाट प्रतिगमन सुरु भयो । यो सन्दर्भमा नेपाली सेनाले प्रारम्भमा राजावादी तथा कथित स्वतन्त्रहरुलाई सरकारको नेतृत्व सुम्पन खोजे पनि अन्ततः राष्ट्रपति र जेनजीको सहमतिमा देशलाई पूर्ण प्रतिगमनतर्फ जानबाट बचाएको हुँदा उसको समन्वयकारी भूमिकालाई सकारात्मक मान्न सकिन्छ । तर के कुरो विचारणीय छ भने सुशिला कार्कीलाई अमेरिकी साम्राज्यवाद, भारतीय आरएसएस र नेपालका राजावादीहरुले बढी भन्दा बढी आफ्नो पक्षमा उपयोग गर्न चाहन्छन् । सुशिला कार्की प्रधानमन्त्री भए लगतै इतिहास मै पहिलो पटक निर्वासित धर्म गुरु दलाई लामाले बधाई दिएका छन । यो संयोगको कुरा होइन । त्यसकारण सुशिला कार्कीको हातबाट जेनजीका जायज मागहरु पूरा हुने सम्भावना कम छ । अर्कोतर्फ उनैको हातबाट पूर्ण प्रतिगमन तर्फ देश जाने खतरा पनि त्यत्तिकै छ । त्यसकारण अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादको रातारात सहमति गरेर ल्याइएको प्रधानमन्त्रीको उम्मेदवार भएको हुँदा अहिले कार्की नेतृत्वको सरकारलाई समर्थन गर्नु भनेको देशमा देशी विदेशी प्रतिक्रियावादीहरुको स्वार्थलाई समर्थन गर्नु हो ।

 

३) अहिले सुशिला कार्की नेतृत्वको सरकारले जेनजीका जायज मागहरु चुनाव पछिको सरकारको जिम्मा लगाएको छ । आफ्नो जिम्मा खाली निर्वाचन गराउनु मात्र बताएको छ । हिजोका महाभ्रष्टहरुको सम्पत्ति छानवीन गर्ने, आन्दोलनमा गोली चलाउने र आदेश दिने दोषी उपर कडा कार्वाही गर्ने, पंचायतकालदेखिका भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने, विदेशमा जम्मा गरेको भ्रष्टहरुको पुँजी फिर्ता ल्याउने, भ्रष्टहरुको सम्पत्ति राष्ट्रियकरण गर्ने, असमान तथा अपमानजनक सन्धि सम्झौता खारेज गर्ने, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता तथा भूअखण्डता विरुद्धका सबै अतिक्रमणहरुलाई खारेज गर्ने, मिटरव्याजी, मानवतस्कर, लघुवित्त लुटेराहरुलाई कार्वाही गर्ने, किसानहरुको बक्यौता रकम भुक्तानी दिने, सहकारी ठगहरुलाई कार्वाही गर्ने जस्ता कैयांै जिम्मेवारीहरु सरकारले पूरा गर्नुपर्छ । त्यसका लागि यो सरकार अधिकार सम्पन्न छ । जनताको बलिदानबाट आएको हुनाले यसलाई संविधानको प्रावधानले छेक्दैन । जेनजीको जायज मागका आधारमा काम गर्न स्वतन्त्र छ । कैयांै भ्रष्ट अपराधीहरुलाई निर्वाचनमा उम्मेदवार बन्नका लागि प्रतिबन्ध लगाउन सक्छ । भाद्र २३ र २४ को आन्दोलन जेनजी पुस्ताको भएको हुनाले जेनजी प्रतिनिधिको सहमति विरुद्ध गएर यो सरकारले काम गर्न मिल्दैन । तर जेनजीको नाममा अमेरिकी साम्राज्यवाद तथा भारतीय आरएसएसका दलालहरुलाई सरकारमा सामेल गर्न वा सल्लाहमा राख्नु हुँदैन र उनीहरुको राजनैतिक हस्तक्षेप स्वीकार्नु हुदैन । तब मात्र यो सरकार जनताको समर्थन प्राप्त सरकार हुनेछ । तर विहानीले दिनलाई बताउँछ भने जस्तै सरकारमा अमेरिकी तथा भारतीय दलालहरुको हाली मुहाली भइरहेको र वास्तविक जेनजीलाई पन्छाउन थालिएको , उनीहरुभित्र गुट उपगुट निर्माण गरेर पथभ्रष्ट बनाउने षडयन्त्र शुरु भएको हुँदा आन्दोलनको उपलब्धि शुन्यमा झर्ने अवस्था देखिएको छ । जनताको अभिमत अनुसार काम गर्ने क्षमता यो सरकारसँग छैन । खाली ०८४ को निर्वाचन लाई ०८२ मा सम्पन्न गर्नका लागि मात्र यो सरकारको गठन भए जस्तो देखिएको छ । यतिबेला सरकारले निर्वाचन तालिका समेत घोषणा गरेको छ । जनताको ध्यान निर्वाचन तर्फ मात्र लैजाने प्रयास गरिंदैछ । तर जेनजी आन्दोलनले उठाएका एजेण्डा पूरा गरिएन भने निर्वाचन पनि सम्भव छैन र त्यो भन्दा ठूलो विद्रोहलाई कसैले रोक्न सक्दैन ।
जेनजी आन्दोलनका दुईवटा पक्ष छन्ः एउटा देशभक्त र जनवादी तथा अर्को साम्राज्यवादको दलाल तथा प्रतिगामी छ । एकाथरी अमेरिकी साम्राज्यवादको डलर खाएर परिवर्तनको कुरा गर्दैछन् । त्यसले रवि लामिछाने र बालेन शाहले जस्तै केही साना तिना काम गरेर ठूलो प्रचार गरिरहेको छ । नेपाली जनताले वालेन र रविलाई चिने जस्तै दलाल जेनजीहरुलाई पनि चिन्ने छन् । आर एसएसको एजेण्टहरु पनि राजालाई मोहरा बनाएर संवैधानिक राजतन्त्र र हिन्दु धार्मिक फासिवादी राज्यस्थापना गर्न चाहन्छन् । कतिपय दलहरु सिंगो नेपाललाई भारतीय संघमा सामेल गर्ने भारतीय योजनाको सहयोगी बन्न खोजिरहेका छन । त्यसबाट अन्ततः देश सिक्किमीकरण हुनेछ । त्यसकारण देशभक्त क्रान्तिकारी नेपाली जनताले कैयौं कमिकमजोरीको बाबजुद देशभक्त जेनजीलाई समर्थन गर्नुपर्छ । जेनजी आन्दोलनको उद्भव राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा भएको छ । साम्राज्यवादले राजनीतिक दलहरुको ऐतिहासिक विरासत, त्याग, बलिदान, भूमिका सबै समाप्त पार्ने तथा देशमा साम्राज्यवादी राजनीति, उपभोक्तावादी संस्कृति तथा प्राकृतिक संसाधनमाथि कब्जा गर्ने उद्देश्य रहेको छ । त्यसका लागि युवाहरुलाई पथभ्रष्ट बनाउने र आफ्नो हितमा युवापुस्तालाई प्रयोग गर्ने गरेको छ ।

 

४) जेनजी आन्दोलनले कुनै नयाँ क्रान्तिकारी माग अगाडि सारेको छैन र आन्दोलनमा पनि सारेको थिएन । त्यो कुरा उनीहरु स्वयंले स्वीकारेका छन् । उनीहरुसँग राजनीतिक विचार पनि छैन । तर अहिलेको सरकारले उनीहरुका जायज माग पनि सुन्न सकेको छैन । साम्राज्यवाद तथा विस्तारवादका दलालहरुले आफ्नो एजेण्डा स्वीकार नगर्ने इमान्दार देशभक्तहरुलाई आपसमा भीडन्त गराएर कमजोर बनाउने र फेरि यथास्थितिवादी राजनीतिक व्यवस्थालाई यथावत कायम राख्ने तिर जोड दिइरहेका छन् । अहिले देश प्रतिगमनतिर फर्कने कि यथास्थितिलाई प्राप्त गर्ने वा अग्रगमनको दिशामा जाने ? प्रश्न टड्कारो रुपमा उठेको छ । जेनजी आन्दोलनले जनताको आवाजलाई ६ दर्जन भन्दा बढी युवाहरुको बलिदान गरेर मुखरित गरेको छ । देश अब यथास्थितिवादमा टिक्न सक्दैन । पुँजीवादी संसदीय प्रणाली असफल भईसकेको छ । जेनजीमा रहेको राजनीतिक अनभिज्ञताका कारण उनीहरु प्रत्यक्ष निर्वाचनबाट कार्यकारी प्रमुख निर्वाचन गर्ने कुरा गरिरहेका छन् । नेपालको सन्दर्भमा त्यो गलत सावित हुनेछ । तर आन्दोलनले लिएको अग्रगमनको यात्रालाई रोकिन दिनु हुँदैन ।
राजनीतिक दलहरुले आफूलाई पुरानै ढाँचामा कायम राख्न चाहन्छन् । कतिपयले संसदको पुनस्र्थापनाको कुरा गरेका छन भने कतिपयले यथास्थितिमा निर्वाचनमा जान चाहन्छन् । यथास्थितिवादले अन्ततः फेरि पनि प्रतिगमनलाई नै निम्त्याउने छ । जेनजी आन्दोलनको मर्म र भावना अग्रगमन हो । अग्रगमनमा जान नचाहनेहरु जेनजी पुस्ताको आन्दोलनको अपमान गर्दैछन । तर वास्तविकता यो हो कि देश अब यथास्थितिमा रहन सक्दैन । ०६२÷६३ को आन्दोलनको उपलब्धिलाई जोगाएर अग्रगमनमा जानु नै आजको आवश्यकता हो ।

विचारणीय कुरा के हो भने युवापुस्ताको जोशले मात्र देशमा शान्ति र समृद्धि ल्याउन सकिंदैन । त्यसका लागि राजनीति नै आवश्यक हुन्छ । त्यसकारण हामी सही राजनीतिलाई पक्रदै सबै देशभक्त, जनवादी, वामपन्थी, क्रान्तिकारीहरुको सशक्त मोर्चा निर्माण तर्फ अघि बढौं, त्यो नै आजको सही विकल्प हो ।

५) नेपाल लामो समयदेखि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहँदै आयो प्रथम र द्वितीय विश्वययुद्धको अन्तपछि विश्वमा नवऔपनिवेशवाद हावी हुँदै आयो । नेपाल पनि त्यसको शिकार बन्न पुग्यो । हाम्रो देशको राजनीतिक, आर्थिक प्रणाली तथा सांस्कृतिक र सामाजिक व्यवस्था समेत साम्राज्यवाद तथा विस्तारवादद्वारा निर्देशित छ । त्यसैले नेपाली जनताले पटकपटक गरेका आन्दोलनहरु सार्थक बन्न सकेनन् । सधै हस्तक्षेप कायमै रह्यो । सधै अस्थिरता रहयो । नेपालमा रहेको अवशिष्ट सामन्तवाद , दलाल, नोकरशाही पुँजीवादको राजनैतिक प्रतिनिधित्व गर्ने दलहरुलाई जनताले भरोसा गर्दासम्म देशको अवस्थामा सुधार आउन सक्दैन । अहिले पनि उनीहरुको पक्षमा झिनो जनमत रहेको छ । उनीहरुका सचेत कार्यकर्ता र जनता उनीहरुका विरुद्धमा उभिन थालेका छन् । यो सकारात्मक संकेत हो । तर त्यसलाई मूर्तिकरण गर्ने कार्यका लागि पहल हुन सकेको छैन । त्यो कार्य तत्काल हुने सम्भावना पनि कम छ । यो अवस्थामा सामन्त, दलाल तथा नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने दलहरु बाहेकका देशभक्त, जनवादी तथा वामपन्थी क्रान्तिकारी शक्ति र देशभक्त जेनजी लगायतका राष्ट्रवादी शक्तिहरुको वृहत मोर्चा बन्नु आवश्यक छ । यो नै आजको विकल्प हो । त्यो मोर्चा साम्राज्यवाद, विस्तारवाद तथा अवशिष्ट सामन्तवाद विरोधी मोर्चा हुने भएकाले त्यो राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको लागि पनि संघर्ष गर्नेछ । त्यो मोर्चाले नै अहिलेको सरकारलाई विस्थापित गर्नेछ र स्वाधीन सरकार निर्माण गर्न सक्नेछ । वर्तमान सरकार विदेशीको निर्देशनमा चल्ने सरकार भएको हुँदा भावि सरकार मोर्चाको संयुक्त स्वाधीन सरकार बन्नु पर्छ । हामी कुनै अन्य नामबाट पनि अगाडि बढाउन सक्ने छौं । त्यस प्रकारको सरकार र कार्यविधि सबै देशभक्त, जनवादी वामपन्थी तथा क्रान्तिकारीहरुको सर्वपक्षीय सम्मेलनबाट तयार गर्न सकिनेछ ।

 

विचारणीय कुरा के हो भने युवापुस्ताको जोशले मात्र देशमा शान्ति र समृद्धि ल्याउन सकिंदैन । त्यसका लागि राजनीति नै आवश्यक हुन्छ । त्यसकारण हामी सही राजनीतिलाई पक्रदै सबै देशभक्त, जनवादी, वामपन्थी, क्रान्तिकारीहरुको सशक्त मोर्चा निर्माण तर्फ अघि बढौं, त्यो नै आजको सही विकल्प हो ।

 

 

आज कांग्रेस, एमाले, माओवादी, मधेशवादी तथा राजावादी पार्टीहरुबाट कार्यकर्ताहरु पार्टी परित्याग गर्दै आएको पाइन्छ । विगतमा “स्वतन्त्र” ले अत्याधिक मत पाउनुमा पनि तिनै पार्टी छोडेकाहरुको भूमिका छ । जेनजी पुस्ता पनि त्यसैबाट प्रभावित रहेको कुरामा शंका छैन । तर विचारणीय कुरा के हो भने युवापुस्ताको जोशले मात्र देशमा शान्ति र समृद्धि ल्याउन सकिंदैन । त्यसका लागि राजनीति नै आवश्यक हुन्छ । त्यसकारण हामी सही राजनीतिलाई पक्रदै सबै देशभक्त, जनवादी, वामपन्थी, क्रान्तिकारीहरुको सशक्त मोर्चा निर्माण तर्फ अघि बढौं, त्यो नै आजको सही विकल्प हो ।
मितिः २०८२ आश्विन २४ गते

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित