पौष २९ गते काठमाडौं उपत्यका बन्द

काठमाडौं । केन्द्रीय संयुक्त संघर्ष समितिले २०८२ पौष २९ गते काठमाडौं उपत्यका बन्द गर्ने भएको छ । आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन बहिस्कार कार्यक्रम अन्तरगत पौष २९ गते काठमाडौं उपत्यका बन्द गर्न थालिएको आयोजकहरुले बताएकाछन् । केन्द्रीय संयुक्त संघर्ष समितिले पौष २५ गते निर्वाचन बहिस्कार घोषणा सभा, पौष २६र २७ गते पर्चा वितरण कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

केन्द्रीय संयुक्त संघर्ष समितिले २०८२ पौष २५ एक पर्चा जारी गरेको छ । ‘“अवस्था फेर्न व्यवस्था फेरौं ” पर्चाको शीर्षक छ । पर्चामा मूल नारा राखिएको छ – “अवस्था फेर्न व्यवस्था फेरौं ! आम नेपाली जनताको प्रतिनिधित्व गर्ने स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने निर्वाचन बहिष्कार गरौं !! ” क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ,नेकपा (बहुमत),वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा,नेकपा (जनपक्ष),
समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सहित ६ वटा कम्युनिस्ट पार्टी सम्मिलित भएर केन्द्रीय संयुक्त संघर्ष समिति बनाइएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित