प्रतिगमन विरोधी आन्दोलनको संस्मरण

–ओमबहादुर के.सी.
तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९असोज १८ गते बहुदलीय ब्यबस्था माथि प्रतिगामी कदम उठाए पछि हाम्रो पार्टीको पहलमा प्रतिगमन विरुद्धको आन्दोलन चलेको थियो । पछि मात्र अन्य दलहरु पनि प्रतिगमन भएको ठहर सहित आन्दोलनमा सहभागी भएर संयुक्त आन्दोलनको उठान भएको थियो। नेपाली काङ्ग्रेस, ने.क.पा.एमाले, नेपाल सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी र जनमोर्चा नेपाल समेत पाँच दलले संयुक्त आन्दोलन गर्ने सहमति भएको थियो । संयुक्त आन्दोलनको शिलशिलामा २०६० चैत्र देखि पाँच दलको सयुक्त आन्दोलन काठमान्डौमा गर्ने ठेगान भएको थियो । त्यो आन्दोलनलाई अगाडि बढाउनको लागि आ आफ्नो पार्टीले मानिस ल्याउने जिम्मा अनुसार हाम्रो पार्टी तत्कालीन ने.क.पा.(एकताकेन्द्र–मसाल) ले पनि कोटा लगाएको थियो । हाम्रो दाङ जिल्लालाई १० जना सहभागी गराउने कोटा थियो ।
पहिलो टोली सहभागी भएर फर्किए पछि दोस्रो टोली हामी सहभागी भएका थियौँ। त्यसमा हनुमान चौधरी ,म, श्याम पुन लगायत ७÷८ जना थियौं । प्रतिगमन विरुद्ध काठमाडौ केन्द्रित आन्दोलनमा सहभागी हुँदाखेरीको दुई दिनको प्रहरी कष्टडीको अनुभव यहाँ प्रस्तुत गर्न चाहन्छु ।

बैशाख ५ गते देखि हामी त्यो आन्दोलनमा सहभागी थियौँ । संयुक्त आन्दोलन भए पनि मान्छे जति धेरै भएनि सधै जसो हनुमान ढोका जम्माहुने नारा जुलुश गर्ने, केही अगाडि बढ्ने, न्युरोड्गेट सम्म आइनपुग्दै पुलिशले घेरा लगाएर अगाडि बढ्न नदिने एक आधा घण्टा नाराबाजी गर्ने अनि फर्कने दिनचर्या बनेको थियो । पुलिसको घेरा तोड्ने हिम्मत कहिले नगर्ने ।अलि अलि उत्तेजित भएर अगाडि बढेमा २÷४ जना गिरफ्तार गरिदिन्थ्यो । साँझ छोडिदिन्थ्यो। त्यही क्रममा हाम्रो पार्टी ने.क.पा.(एकताकेन्द्र मसाल) ले पार्टी स्थापना दिवस पारेर वैशाख १० गते ११ बजे नै जुलुश प्रदर्शन गर्ने निर्णय गरेको रहेछ । त्यसको नेतृत्व चित्र बहादुर के. सी. र स्वनाम साथीले गर्ने निर्णय भएको रहेछ । पार्टीको निर्देशनमा हामी समयमै महाबौद्द वीर हस्पिटलको पछाडि पट्टि जम्मा भयौ । समयमै जुलुश सुरु भयो । हामी वीर हस्पिटल को गेट नेर आउँदा पुलिसले छेक्यो तर पार्टीले आज जसरी पनि घेरा तोड्ने योजना बनाएको रहेछ हामी जुलुशमै छौँ । साथीहरुको चलाखीपूर्ण तरिकाले घेरा तोडियो । के.सी.जीलाई उहाँको हातबाट झन्डा निकालेर साथीहरुले अगाडि बढाए । पुलिसको घेरा भन्दा अगाडि बटुवाको तालमा गएर लोकेन्द्र लम्साल, चिरनपुनहरुले लामा हातले जुलुश बाट झन्डा तानेर के.सी. जिलाई लिएर अगाडि बढे । त्यो देखेर पुलिस उहाँहरुलाई रोक्न अघि बढ्यो । हामी जुलुश सित नै अगाडि बढ्यौ र घेरा तोडियो । त्यो जुलुश अहिलेको ट्रामा सेन्टरको छेउबाट भित्र पस्यो । पुलिस पछि हामी अघि हुँदै अशन हुँदै इन्द्रचोकमा पुगेर कोणसभामा परिणत भयो । के. सी. जीले सम्बोधन गरे पछि कार्यक्रम सकियो तर पुलिसले घेरा हालेको थियो । सायद के.सी.जीलाई गिरफ्तार गर्न होला । हामी त्यहाँबाट हिड्न सक्थ्यौ । कैयौ साथीहरु गए पनि तर धेरै साथीहरु त्यहीँ थियौ ।

सायद पार्टीले आबस्यक परे गिरफ्तारी पनि दिने निर्णय गरेको रहेछ क्यारे । त्यसैले होला के. सी.जी भाग्ने लुक्ने कोसिस गर्नु भएन । हामी केसीजीलाई गिरफ्तार गर्न दिनुहुन्न भनेर सुरक्षा जस्तो भएर बसेका थियौँ । तेत्तिकैमा केसीजीलाई समाउन र गाडीमा हाल्न पुलिसहरू आए । हामी सबैले रोक्न कोसिस गर्यौ । लड्यौ । तर उहाँलाइँ गाडिमा चढायो । हामीले तान्यौ । पछि उहाले नै छोड्नुस अब भनेपछि हामी पनि सङ्गै जान्छौ भनेर गाडीमा बस्यौ । पहिले त सबैलाइ लग्छौ भनेर गाडीमा हाल्यो । पछि मान्छे धेरै भए पछि रोक्यो र त्यही ३०÷३५ जना जतिलाई लग्यो । त्यहाँबाट दुइवटा भ्यानमा राखेर महेन्द्र पुलिस क्लबमा लग्यो । तेतिबेला एकता केन्द्र – मसाल भित्र दुई लाइन सङघर्ष चलेको थियो । अराजकता निम्तिन खालको थियो । जहाँ भेट भए पनि एकताकेन्द्र पक्षका साथीहरू बहस गरिहाल्ने गर्थे । त्यो कुरा त्यहाँ पनि रुकेन । महेन्द्र पुलिस क्लब भित्र छिर्दादेखिनै बहस सुरु गरे साथीहरुले । मैले सबै साथीहरुको नाम त अहिले सम्झन सक्दैन । सन्देश पौडेल, भिम प्रसाद गौतम लगायतको टिम त्यहाँ थियो । त्यहाँभित्रका कुरा सुन्दा लाग्थ्यो यो पुलिस खोर होइन । यो पार्टी कार्यालय वा पार्टी भेला हो जस्तो। कैयौ पटक त पुलिसहरू भन्थे तपाइहरु यो बहस यहाँ गर्ने होइन हल्ला नगर्नुस । दिनभर त्यसरी नै बित्यो । दिउँसो तीन बजेबाट संयुक्त आन्दोल हुन्थ्यो । त्यहाँबाट पनि २÷४ जना गिरफ्तार गरेछ तर उनीहरुलाइ तत्काल नै छोडेछ । हामीलाई भने छोडेन साँझ ८ बजेतिर फेरि भ्यानमा हालेर कालिमाटी लग्यो हामीले गाडीमै नारा लगाउदै गयौ । कालिमाटी प्रहरी कार्यालयमा पुगे पछि हामीलाई राख्न हिरासत कोठा देखायो ।

हामीले त्यो ठाउँलाई अस्विकार गर्यौ किन भने हामी अपराधी होइनौ हामी यो खोरमा बस्दैनौ बरु बाहिर बस्छौ भने पछि उसको अफिसको हल कोठा खाली गरेर दरि हरु बिछ्याएर राख्यो केसीजीलाई हामी गफ गर्छौ भनेर त्यहाको डि.एस.पी.ले आफ्नो अफिसमा बसाल्यो । त्यहाँ पनि साथीहरु बहस नै गर्न थाले । पुलिसले हामीलाई खानाको व्यवस्था गर्न थाल्यो । शंकर बराल, लोकेन्द्र लम्सालहरु के सि जि सित नै हुनुहुन्थ्यो । उहाँहरु पनि कहिले भित्र कहिले बाहिर त कहिले बहस सुन्न जाने गर्नुहुन्थ्यो । तेत्तिकैमा राती १० बजे खाना खाने बेला भयो खाना बनाएर ल्यायो पुलिसले । तब केसीजीलाई खोइ भन्दा डिएसपीले हाँसेर कहिले तल अफिस हुनुहुन्छ भन्छ कहिले उहाँ त तपाईंहरुलाई छोडेर आफ्नो घर जानू भयो भन्छ । तब हाम्रो टोलीले अलि जोड गरेर केसीलाई सम्पर्क गराइदे भने पछि र जताततै खोजेपछि पुलिसले आफै फोन गराइदियो । उहाँ घर जानुभयो । हामीले लगेर छोड्यौ अब भोलि आउनुहुन्छ भन्यो । नपत्याए ल कुरा गर्नुस भनेर फोन गराइदियो । उहाँले मलाइ त यहाँ ल्याएर छोड्यो तपाईहरुसित सम्पर्क गर्न पाइन माफ गर्नुहोला भनेर भन्नुभएछ । उहाँलाई लग्यो भनेर हामी पक्राउ पर्ने उहाँले हामीलाई छोडेर सुटुक्क जाने ? भन्ने सोचाइ आयो । धेरै साथीहरुको बीचमा त्यही प्रकारका गाइँगुइँ चल्यो त्यसरी हामी त्यो राती बितायौं । भोलि पल्ट ९÷१० बजेतिर जानुभयो केसीजी र भेटेर फर्कनु भयो । हामीहरुलाई त्यो दिनको संयुक्त आन्दोलन सकिए पछि ४ बजेतिर छोडिदियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित