दलसिंह खत्री पार्टीबाट निस्कासित

काठमाडौं । दलसिंह खत्री क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालबाट निस्कासित भएका छन् । पार्टीका कार्यवाहक महासचिव गौरवले २०८२ वैशाख २० गते
प्रेस–वक्तव्य जारी गर्दै खत्रीको निस्कासनबारे जानकारी गराउनु भएको हो । वक्तव्यमा भनिएको छ –

“हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य दलसिंह खत्री (क. मिसन) ले केही महिनादेखि पार्टीका विरुद्ध गुटबन्दी गर्दै हिंडेको पाइएकोले उक्त विषयबारे स्पष्टीकरण लिई उहाँलाई गंभीर चेतावनी सहित जनवादी केन्द्रीयताका आधारमा अनुशासित भएर पार्टी काममा क्रियाशील हुन आन्तरिक रुपमा निर्देशित गरिएको थियो । तर, पार्टी अनुशासनमा बसेर आफ्ना असहमतिका विषयमा छलफल चलाउँदै पार्टीको काममा क्रियाशील हुनुको साटो फूटपरस्त गतिविधिलाई अरु बढाउँदै लगेको पाइएकोले उहाँलाई पार्टी सदस्यता सहित संपूर्र्ण जिम्मेवारीबाट हटाइएको व्यहोरा सार्वजनिक जानकारी गरिएको छ ।”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित