जातीय विभेदका विरुद्धमा उभिएका पण्डित गणेश प्रसाद पन्त

काठमाण्डौ । करिब ४५ वर्ष उमेरका, हरेराम हरेराम लेखिएको वस्त्र धारण गरेका, निधारमा चन्दन घसेका,नेपाली ढाका टोपी पहिरिएका, घाँटीमा रुद्राक्षको माला लगाएका व्यक्तिको हाँक साप्तहिकको कार्यालयमा प्रवेश हुन्छ । कुरा २०८२ जेठ २१ गते बेलुकी ५ बजेको हो । उनले हातमा राष्ट्रिय दलित आयोगले प्रकाशित गरेको २०८२ सालको नयाँ भित्तेपात्रोको मुठो पनि बोकेर आएका थिए । कार्यालयभित्र पस्दा पस्दै उनले भने , “राष्ट्रिय दलित आयोगले आज जेष्ठ २१ जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवशका अवसरमा एउटा कार्यक्रम राखेको रहेछ । त्यही कार्यक्रममा बोलाएका थिए ,त्यहाँ गएको थिएँ क्यालेण्डर दिएका छन् एउटा कालेण्डर तपाइँको कार्यालयलाई पनि राख्नुस ।” उनले हाँकलाई राष्ट्रिय दलित आयोगको भित्तेपात्रो उपलब्ध गराए ।उनीहुन् – संस्कार शिरोमणि ज्योतिषी आचार्य गणेश प्रसाद पन्त पन्चाङ्गकार । उनले आफूलाई श्री वानरसी धाम विश्वज्योतिर्लिङग पीठाधिश्वरको रुपमा पनि परिचय गराए । यो वनारसी धाम नेपालको सुदुर पश्चिमको बैतडी जिल्लाको एउटा प्रसिद्ध मन्दिर हो । यो मन्दिर सित कैयौं शताब्दीदेखि उनका पुर्खा पुजारी रहँदै आएका छन् ।अहिले उनी त्यसका पुजारी हुन् , यी गणेश प्रसाद पन्तको घर वैतडी जिल्ला पाटन नगरपालिका वडा नं ८ खोड्पे बजारमा हो।

हाँकसित यी पण्डित पन्तको सम्पर्क कसरी भयो त ? अखिल भारत नेपाली एकता समाजका किसनबहादुर वि.क. र रामसिङ वि.क.को घर वैतडी हो । रोजगारीको सिलशिलामा उनीहरु भारतको वेङलोरमा रहन्छन् । उनीहरुले बेलाबखतमा हाँक साप्ताहिक ÷हाँक टुडेमा लेख तथा रचनाहरु ल्ेख्दछन् । सो लेख्नेबेला उनीहरुले यी पण्डित गणेश प्रसाद पन्तको सन्दर्भ पनि उल्लेख गरेका थिए । हाँकमा प्रकाशित सामाग्री बारे कुरा गर्ने सन्दर्भमा परिचय बढाउँदै जाने क्रममा गणेश प्रसाद पन्त हाँकको कार्यालयसम्म आइपुगेका हुन् । गणेश प्रसाद पन्तले दलितहरुको विवाह ,वर्तवन्ध ,न्वारन जस्ता संस्कारहरुमा पण्डितको भूमिका निभाउँदा रहेछन् ।

सुदुरपश्चिम भनेपछि आम मानिसहरुमा एउटा बुझाइ के छ भने त्यहाँ जातीय भेदभाव अचाक्ली छ । सुदुर पश्चिममा ब्राहमण पण्डितले दलितको संस्कारजन्य कार्यलाई उम्काउने काम गर्न सक्दैनन् तर सुदुर पश्चिममा जातीय भेदभाव चर्कै भए पनि यी पण्डित गणेश प्रसाद पन्तले जातीय भेदभावलाई बेवास्ता गर्दै दलितहरुको परि आएको संस्कारको काम गर्दै आएका छन् ।

हाँक प्रतिनिधिलाई यी पण्डित कसरी जातीय विभेद भन्दा माथि उठ्न सके ? र कसरी दलितहरुको पण्डित बन्न सके ? त्यसको प्रेरणाको स्रोत केहो ? भनेर हाँक प्रतिनिधिले सोध्दा उनले, भने “ हाम्रा पूर्खाहरु राजस्थानबाट आएका हुन् ,५२ पुस्ता पहिले महाराणा प्रतापसिंङको राजदरबार तथा गढवाल कुमाउको प्रसिद्ध तत्कालीन सोमचन्दका राजगुरु र विंसं १६०४को तत्कालीन मैनावति कोटका महाराजा मानुक चन्दका राजगुरु ,राजज्योतिषी हाल सोही राजा मानुक चन्दद्वारा व्यवस्थित गरिएको वैतडीको बनारसी धाममा हाम्रा पूर्खा वीरभद्र पन्त त्यस धाम अर्थात मन्दिरमा कसैलाई पनि जातीय विभेद गर्न हुन्न भन्ने प्रचलन चलाएका रहेछन् ।उति बेलै कथित तल्ला जातलाई मन्दिरमा पूजा पाठ गर्न दिनु हुन्न भन्ने मानिसहरु पनि रहेछन् ।तर हाम्रा पूर्खा त्यहाँका मैनावति  कोटका राजा मानुक चन्दका राजगुरु वीरभद्र पन्तले सबैलाई समान व्यवहार गर्न भने पछि त्यहाँ मन्दिरमा सबैलाई समान व्यवहार गरिँदै आएको छ ।अहिले पनि वनारसी धाममा कसैलाई जातीय विभेद गरिँदैन । हो यस्ता कुराले मलाई पनि जातीय विभेद गलत हो भन्ने निश्कर्षमा पु¥यायो र मैले पूजा पाठ गर्दा वा संस्कारको काम गर्दा जातीय विभेद गर्दैन ।”

उनले अझै अगाडि थपे । संसारमा जम्मा चार जात हुन्छन् ।
१. सम्पूर्ण मानव २.बोट विरुवा ३. अण्डाबाट जन्मिएका जीवजन्तु ४. शरीरको मयलबाट जन्मेका जन्तुहरु जुम्रा आदि ।
छुवाछुत गर्नु भनेको अनैतिक र धर्मशास्त्र विपरीत कार्य हो । मानव मानव सबै बराबर हुन् । दलितहरुको संस्कारको काममा जाँदा कथित पण्डितहरुले आफूलाई अपमान गरेको पनि कैयौं उनको सम्झनामा छ ।सामाजिक संजालमा संस्कार विरोधी जात फाला भनेर धेरै कमेण्ट पनि उनीमाथि आउँछ । कतिपय ठाउँमा हातपात नै गर्ने स्थिति आएपछि भागनु परेको अनुभव समेत गणेश प्रसाद पन्तले बोकेका छन् ।उनका पूर्खाहरु पहिलेदेखि नै पन्चाङग निर्माणमा लाग्दै आएकाले यीनले पनि आफुलाई पन्चाङगकार भन्दछन् ।वैतडीको वनासरी धाममा पूजा पाठकालागि काठमाण्डौ राजदरबारबाट केही खर्च विरेन्द्रको शासनकालको आधाआधीसम्म जाँदो रहेछ तर त्यो अहिलेबन्द भएको धेरै लामो समय भएको कुराको पनि उनले जानकारी गराए ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित