नेपालले नेदरल्याण्ड्सलाई हरायो

काठमाडौं । जेठ २७ गते, आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले नेदरल्याण्ड्सलाई हराएको छ ।नेपाली समय अनुसार ३ बजेर ४५ मिनेट जाँदा खेल सुरु भएको थियो । नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हराएको हो ।
सुरुमा नेदरल्याण्ड्सले टस जितेर नेपाललाई व्याटिङमा निम्ताएको थियो । नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षातिमा २३६ रन बनायो । नेपालका ओपनर खासै चल्न नसके पनि मध्य क्रमका व्याट्स्म्यान आरिफ शेखको ८४ रनको बिशिष्ट पारीले नेपालले नेदरल्याण्ड सामु २३७ रनको लक्ष खडा गर्न सकेको हो । नेपालको पारीमा कुशल भुर्तेलले १८ , अनिल साहले २, भिम सार्कीले ३५, कप्टान रोहित पौडेलले ३५, उप कप्टान दिपेन्द्र सिंह ऐरीले १६, बसिर अहमदले ११,करण के सी ले ११ ,नन्दन यादवले १० र सन्दिप लामिछालेले २ रन बनाएका थिए । नेपालले १२ अतिरक्ति रन पाएको थियो ।
जवाफी व्याटिङमा आएको नेदरल्याण्ड्सले ४९.२ ओभरमा अल आउट हुँदै २२० रन मात्र बनाउन सक्यो । नेपालका सन्दिप लामिछाले र नन्दन यादवले ३–३ विकेट लिए भने ललित राजबंशीले २ , करन केसीले १ र कुशल भुर्तेलले १ विकेट लिएका थिए । यो जारी श्रृङ्खलामा नेपालको तेस्रो जित हो । श्रृङ्खलाका ४ मध्ये ३ खेल जित्दै नेपालले महत्वपूर्ण ६ अंक थपेको छ । अंक तालिकामा नेपालले १२ अंक जोडेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित