क्रान्तिकारी संयुक्त मोर्चा नेपालको काठमाडौं जिल्ला भेला सम्पन्न

 

काठमाडौं । क्रान्तिकारी संयुक्त मोर्चा नेपालको २०८२ श्रावण ३१,काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले बृहत छलफल गरी नयाँ जिल्ला समिति गठन गरेको छ । भेला मार्फत राम नेपालीको संयोजकत्वमा १३ सदस्यीय समिति चयन गरिएको हो ।

समितिमा सह–संयोजकको जिम्मेवारी बोजराज श्रेष्ठलाई दिइएको छ भने अन्य ११ जना सदस्यहरूमा साँगे लामा, बेदराज दियाली, निर्मला लुहार, रत्न मर्हजन, सपना राजथला, गोपालदास श्रेष्ठ, धन बहादुर मोक्तान, रुपेष रम्तेल, रणबहादुर श्रेष्ठ र सागर श्रेष्ठ रहेका छन् । समितिमा बाँकी १ जना सदस्य पछि थपिने निर्णय गरिएको छ ।

कार्यक्रममा मोर्चाको केन्द्रीय सचिव दिनेश शर्माले मोर्चाको औचित्य, आवश्यकता र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा यसको महत्वका बारेमा प्रकाश पारेका थिए । त्यस्तै, काठमाडौंका सेक्रेटरी प्रकाशले विस्तृत प्यानल प्रस्तुत गर्दै मोर्चाको आगामी कार्ययोजना र दिशानिर्देशका विषयमा धारणा राखेका थिए । त्यसैगरी चिन्तामणी पौडेल ९ नं. ब्यूरो सचिव र कृष्ण भक्त महर्जनको पनि उपस्थिति रहेको थियो ।

भेलाले राजधानीमा संगठनलाई थप सशक्त पार्ने, जनताबीचको मुद्दा तथा आन्दोलनलाई अघि बढाउने र व्यापक जनसहभागिता सुनिश्चित गर्ने प्रतिवद्धता जनाउँदै आफ्नो कार्यदिशा तय गरेको जनाएको छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित