उठ युवायुवती ,जाग युवा युवती

–जेसी सिंजालि सुर्य थापा
न्यायको खातिर लड्दा ज्यानै मार्ने सरकार छ यहाँ
नदिन छ गाँस नदिन बाँस
छैनन् यहाँ न्यायको नजर कोहीलाई छ यहाँ चाहिन
कोही छन् यहाँ भोकभोकै कसलाई के थाहा
भोककोलागि उठ्दा बन्दुकको आहार बन्छु भनी
कसले सोचेका थियौं यहाँ
देशका सपुतको रक्तामै भै पोखरी बन्नेछ भनी
आखिर ढाली छाड्यो नालायक सरकारले गोलीको निसाना बनाई
जति बेला पनि उठ्ने गरिबका छोराछोरी यात युद्धकाल होस्
यात जनताको आन्दोलन पटकपटक मरेका छन्
यहाँ दुःखी गरिखाने गरिबका छोरा छोरी
देशको निम्ति जनताको निम्ति सधैं हासेर मर्ने यहाँ के गरिबकै छोराछोरी हुन् ?
अब यहाँ सल्लाह गरेर होइन वास्तविकतालाई बुझेर
युवा युवती उठ्नु पर्ने बेला आयो त्यसो भएको हुदा
उठ युवा युवती जागा युवा युवती हुन्न चुपचाप बसेर गर्ज युवा युवती
यहाँ हामी थोरै भयौं अब फर्क युवा युवती
दमनको सिमाना माथि धेरै पुगिसकेको छ यहाँ
हामी युवा युवती जहाँबाट हुन्छ जागौं
यदि यस्तै अवस्थामा छोडेर हिड्ने हो भने हामी झनै हेपिने छौँ
यहाँ मारिने छौँ
यहाँ पटकपटक आमाको कोख रित्तिनु बाहेक अरु केही हुने छैनन्
यहाँ सर्मिन्दाहरुले शिर उठाई रहनेछ
यहाँ त्यसकारण जहाँ भए पनि युवा युवती जुट्ने दिन आएको छ
यहाँ कोख रित्तिएका आमाहरुको अपिल छ
फर्क युवा युवती रगतको बदला रगतले मेटाउनु छ यहाँ ।
यहाँ धेरै युवा युवतीको चिहान भएको छ
अब पनि जनताको मनमा
नयाँ पुस्ताको आवाजलाई सक्रियता साथ अघि बढाउने आसा मेटिएको छ
यहाँ त्यसकारण उठ युवा युवती जाग युवा युवती
मुक्तिको लागि एक जुट भै उठ देश सारा तिमीहरुको हो र
हाम्रो पनि हो अब भ्रष्टाचारीहरुको दिन बितिसकेको छ
यहाँ हामी एक भएमात्र पुग्नेछ यो समाजको काँचुली फेर्न
जाग हे युवा युवती देशको लागि उठेका युवा युवती
अब राष्ट्र र राज्यसत्ता परिवर्तनको लागि सही मार्गदर्शनको आवश्यकता छ
यहाँ भ्रष्टाचारीको होइन
नयाँ पुस्ताले खोजेको यहीँ हो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित