धसारु धिमाल प्रति श्रद्धाञ्जली

काठमाडौंं । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पार्टीका केन्द्रीय समिति सदस्य शिव धिमालको बुबा धसारु धिमालको असोज १२ गते दुुःखद निधन भएको हुँदा उक्त पार्टीले धसारु धिमाल प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले २०८२ असोज १२ गते प्रेस वक्तव्य जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । वक्तव्यमा भनिएको छ, “झापा जिल्ला साविक अर्जुनधारा गाविस वडा नं. ७ निवासी धसारु धिमालको गत असोज १२ गते बिहान ८ बजे दुःखद निधन भएको छ । उहाँ कलेजोको रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका केन्द्रीय समिति सदस्य शिव धिमालका बुबा हुनुहुन्थ्यो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । उहाँको निधनबाट पार्टीले एकजना असल शुभचिन्तक र परिवारले कुशल अभिभावक गुमाएको छ । दुःखको यस घडीमा हाम्रो पार्टी धसारु धिमालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, क. शिव धिमाल लगायत सम्पूर्ण शोकाकूल परिवार, साथीभाइ तथा शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित