कविताःसहीतरिकाले राज्यको बागडोर चलाउ

 

जेसी सिंजाली सुर्य थापा

देशको लागि खाएर गोली सहिद भन्ने खै कस्ले हो कुन्नि
पुस्ताले आर्जेको सम्पत्ति खरानी पारेका छौँ नि
इतिहासको पानामा कस्तो पो नाम लेख्ने हौं कुन्नि
दुःखीका छोरा रक्ताम्य भै ढलदा धनि भने जहाँमै उडे छन् ।

जुटेर देशलाई बदलौ भन्दा गोली हानीढलायो जमिनमा
कस्ले गरे आन्दोलनको अगुवाइ आज भने चल्दैछ
हजुरी कस्ले कसलाई गर्ने हो समर्थन ।

जनता जति सडकमै मार्ने
आफू भने लुकेरै सर्ने
यो कस्तो आन्दोलन ?
परिवर्तन गर्नलाई हिडेका चोरी गर्ने राष्ट्रकै सम्पत्ति ?
यसलाई कसरी भनौं जनताको आन्दोलन ?
जहाँसम्म कि गोललेी ढालेर मान्छे लासको थुप्रै बने
तर कोही पुगेना मृतकको परिवार सम्म न त आन्दोलनका अगुवाइ
न त राष्ट्र र राजनीति योग्य मनुष्यहरु खै कस्तो सपूत आएका रहिछौँ
यो जगतमा गोलीले ढलेर खरानीको लागि तयारी हुदा सम्म आफ्नो पहिचान सम्म खुले को छैन रे
राष्ट्रको हो कि कसको ?
यो जहाँ सुस्तावासीले भोगेका थिए उतिबेला अहिले त्यस्तै भएनौ
हामी सचेत हुनुपर्ने मा कही अन्यथा पो गए छौँ कि ?
बजारमा हल्ला त्यहीँ चलेको छ सहिदको रगत खेरा पो जान्छ कि ?
अहिले त झन उग्ररुपमा बहस र चर्चाको बाटोमा छ समाज आखिर कि न यस्तो ?
सयौंको संख्यामा मृत्युको खबर थपिदै गएको छ
तर अझै को कहाँ को हो भन्ने तथ्यांक निकाल्न निकै गार्‍हो भएको छ

राष्ट्रिय सम्पत्ति अर्बऔं भन्दा माथिको खरानिको थुप्रो बनेको छ ।
हामी देश र जनताको परिवर्तनको खातिर उठेको हो भने
किन छुटाउन सकेनौं वर्ग दुश्मनको कित्ता ?
के फर्क भो अरु भन्दा हाम्रो आन्दोलन ?
अनि खै राज्यको बागडोर आफ्नो हातमा ?
आज धेरै तिर चर्चाको विषय बनेको छ।
नयाँ युवाहरुको आन्दोलनको मूल्य र मान्नेता खै?
यहाँ अझैसम्म पुष्टि हुन सकिरहेको अवस्था छैन कि
कुन मोडबाट उठान गरेको आन्दोलन कुन मोडमा गहिरहेको छ ।
यहाँ ६० वर्षसम्मका उमेरका आन्दोलनकारीहरुको मृत्यु भएको छ यो कुन तरिकाबाट हो ?
यो नयाँ युवहरुको आन्दोलनमा सहभागी हुने तरिका के थियोे ?
यसखालका अन गिन्ति प्रश्नचिह्न धेरै ठाउँबाट उठेको अवस्थामा
राज्य बाट कुन आधारमा पुष्टि र टुङ्गो लागाउने?
आजको दिन सम्म आउदा देशै भरि र
यो चराचर जगत भरि चर्चा जेनजिहरुको नै छ तर ?
राजधानी केन्द्रमा भने छुट्टै प्रकारका मनुष्यहरुको चर्चा चलिरहेको अवस्थालाई हेर्ने हो भने
को कहाँबाट संचालित छ ? भनेर ठम्याउन तेति गार्‍हो नपर्ला ।
आजको अवस्थामा आई पुग्दा
हामी नेपाली जनताको उर्लदो भेल र जन शक्तिलाई अनेक तर्क गर्नु हाम्रो मुर्खता हुनेछ
तर उर्लेको जनसागरलाई कुन तरिकाबाट संचालन गर्ने भन्ने बारेमा भने
राम्रोसँग सोच्नुपर्ने अवस्था अवश्य हो।
आज राष्ट्रिय हित विपरित सम्झौता गर्नेहरुको जत्था निकै छ
तर पनि उ कमजोर अवस्थामा रहेको अवस्था हो
यो समयमा नेपाली जनताको भावना र मर्मलाई राम्रोसँग नबुझ्ने हो भने
फेरि पनि हजारौं नयाँ पुस्ताहरुले

आफूलाई खरानीको थुप्रोमा थुपार्न पर्ने अवस्था आउनेछ ।
त्यसकारण आम नेपालीहरुको हक हितका लागि
आम नेपाली भै उठ्नु पर्ने आजको नितान्त आवश्यकता रहेको छ
अहिले को समय परिवेशमा
जहाँ जेनजिको आन्दोलनकारी शक्तिलाई नै विपरीत दिसा निर्देश गरिदै छ यहाँ ।
जन शक्तिबाट प्राप्त सत्ता आफ्नो हात परे पछिको
भाका बदलिँदो हुदै गएको अवस्थामा रहेको राज्यलाई
नयाँ पुस्ताको आन्दोलनबाट प्राप्त अधिकारलाई सहीरुप धारणा गर्न सकिएन
देश र जनताले फेरि पनि नराम्रो अवस्था झेल्नुपर्ने छ
त्यसकारण हामी सबैले राष्ट्रको लागि सहीतरिकाले राज्यको बागडोर चलाउ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित