काठमाण्डौ। नेपाल सरकारले देशमा आइरहेको अविरल वर्षाको कारण असोज १९ र २० गते सार्वजनिक विदा दिने सूचना जारी गरेको छ ।नेपाल सरकार गृहमन्त्रालयका प्रवक्ता एवम् सहसचिव आनन्द काफ्लेले एक वक्तव्य जारी गर्दै सो जानकारी गराएका छन् ।
जल तथा मौसम विज्ञान तथा राष्ट्रिय विपदजोखिम न्यूूनीकरण प्राधिकरणले असोज २० गतेसम्म देशमा अविरण वर्षा हुने भनेर सतर्कता अपनाउन अनुरोध गरिरहेको अवस्थामा गृह मन्त्रालयले सार्वजनिक विदा दिने निर्णय गरेको हो । वक्तव्यमा १८देखि २० गतेसम्म भारी वर्ष हुने भएकोले वर्षाको कारण उत्पन्न हुनसक्ने बाढी डुुवान भूूक्षय लगायतका जोखिमको साथै सडकतथा हवाइ यातायात प्रभावितहुने र मानवीय क्षति समेत हुन सक्ने सम्भावना लाई मध्यनजर गरी२०८२ असोज १९ र२०गतेका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कायालयहरु बाहेक नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय भएको हुँदासम्बन्धित सबैको जानकारीके लागि यो सूचना प्रकाशित गरिएको छ ।उक्त अवधिभर अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन र सुरक्षित स्थानमा रहन सबै नागरिक सँग मन्त्रालयले हार्दिक अनुरोध गरेको छ ।
अविरल वर्षाको कारण १९ र२० गते सार्वजनिक विदा

Comments