महाकवि लक्ष्मी प्रसाद देवकोटा संग्रहालय

–मनु वि.क
मैतीदेवी ,डिल्लीबजारतिर हिँड्ने क्रममा १८ वर्ष पहिलेदेखिे नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर देख्थें । देवकोटाको घर देख्नेवित्तिकै मलाई स्कुुले जीवनदेखि पढ्दै आएको देवकोटाको आदर्श जीवनशैली र उनका रचनाहरुको स्मरण हुने गर्दछ । महाकवि देवकोटाबारे स्कूलमा प्रश्नोत्तर कविता ,जस्तै उद्देश्य के लनु उडी छुनु एक, खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ? आफुु मिटाइ अरुलाई दिनुजहाँ छ , मुना मदन खण्डकाव्यको हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नुखाएको वेश आनन्दी मनले भन्ने कवितालगायत कविताहरु निकै पढियो । लक्ष्मी निबन्ध संग्रहमा संग्रहित निबन्ध के नेपाल सानो छ ? भन्ने निबन्ध पढेर मेरो दिमागमा नेपाल निकै ठूलो छ भन्ने दिमागमा गडेको थियो । त्यो निबन्धमा , आँखाको नानी सानो हुन्छ ,मुटुसानो हुन्छ भन्दै नेपाललाई आँखाको नानी र मुटुसँग तुलना गरेको बाल दिमागमा बसेको छ ,यी कविताका पङिक्तहरु र यस्तै खालका हरफहरु मेरो दिमागमा कहिल्यै नमेटिने गरी रहेका छन् । लक्ष्मी प्रसाददेवकोटाको बारेमा क्याम्पस जीवनमा पनि पढियो । काठमाण्डौ आएपछि म डिल्लीबजार र मैतीदेवीतिर जाँदा यो लक्ष्मी प्रसाद देवकोटाको घर हो भनेर पुरानो शैलीको घर त्यहाँका चिनेजानेकाहरुले बताउँदा निकै जाउँ जाउँ भएको थियो । डिल्लीबजारको घरमा त टाढाबाट देखेकी थिएँ । तर एक दिन मैतीदेवीको घरमा यो भन्दा १८ वर्ष अगाडि गएकी थिएँ । पुुरानो रातो रङको इटा लगाएको र रातो रङले पोतेको थियो । म त्यो घर देखेर लक्ष्मी प्रसाद देवकोटाको कविता सम्झेर निकै बेर सम्म घर हेरिरहेकी थिएँ । संग्रहालय बन्नुभन्दा पहिले पनि मैतीदेवीको घरमा पुुगेकी थिएँ । २०७९ सालमा मैतीदेवीस्थित देवकोटाको घरलाई पुनर्निमाण गरेर संग्रहालय बनाइएको छ ।

देवकोटाको निवासस्थलमै संग्रहालय निर्माण भएपछि मलाई त्यहाँ जाउँ जाउँ लागिरहेको थियो । अवसर जुुरेको थिएन । यही २०८२ साल असोज २१ गते मलाई त्यो अवसर जुट्यो । रामबहादुर बुढा र म संग्रहालय पुुग्यौं । हामी बागबजार जान भन्दै हिँडेका थियौं मैतीदेवी चोकबाट मैदीदेवी मन्दिर नपुुग्दै कवि गल्ली आउँछ कवि गल्लीको बाटो हुँदै अगाडिबढेपछि महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय आउँदछ । नेपाली शैलीको देवकोटा संग्रहालय परम्परागत नेपाली शैली निर्माण गरिएको छ । देवकोटाको पुुरानो घरको मौलिकतालाई जीवन्त राख्दै भवन निर्माण गरिएको छ ।

गेटमा एक जना चौकीदार राखिएको रहेछ । चौकीदारले हामीलाई जुता खोलेर संग्रहालयको चप्पल लगाएर भित्र जान भन्नुभयो । संग्रालयको भुुइँतलामा रिसेप्सन राखिएको रहेछ । रिसेप्सनमा संग्रालय भ्रमण गर्न आउने हरुको उपस्थिति पुस्तिकामा नाम ,ठेगाना फोन नं राख्ने चलन रहेछ । रिसेप्सनबाट हामीलाई माथिल्लो तलामा जान भनियो । संग्रहालयको दोस्रो तलामा सावित्रा भण्डारी कर्मचारी बसिरहनुभएको थियो । वहाँले हामीलाई दोस्रो र तेस्रो तला भ्रमण गराइदिनुभयो र त्यहाँ राखिएका सामाग्रीहरुको जानकारी गराउनुभयो । दोस्रो तलामा महाकवि देवकोटाले प्रयोग गरेका सामाग्री राखिएको छ । महाकवि देवकोटाका छोरा प्राध्यापक डाक्टर पदमप्रसाद देवकोटाले संग्रहालयलाई उपलब्ध गराएको दौरा, सुुरुवाल, गञ्जी, हार्मोनियम, चुरोटको एस ट्रे, एस ट्रे तामाको अति सुुन्दर । वहाँका फोटाहरु राखिएका छन् र सोही तला मै देवकोटा अनुसंधान केन्द्रले उपलब्ध गराएका फोटाहरु राखिएका छन् ।सोही तलामै वहाँकी पनातिनी मञ्जिला उप्रेतीले उपलब्ध गराएको देवकोटाले प्रयोग गरेका काँसका गिलास ,थाली र कचौरा ,पटना शहरमा अध्ययन गर्दाको फोटोहरु छन् ।
तेस्रो तलामा महाकवि देवकोटाले लेखेका पुस्तकहरु अप्रकाशित पाण्डुुलिपीहरु र वहाँका बारेमा लेखिएका पुस्तक तथा सोध ग्रन्थहरु राखिएका छन् ।जस्तै मुनामदन , अवधि ,हिन्दी ,अंग्रेजी लिम्बु नेपालीभाषा आदिमा , महाकाव्यहरु प्रमिथस ,सुुलोचना, कुुञ्जिनी , वनकुुसुम , कवितासंग्रहरु ,भिखारी , सुनको बिहान , भावना गाङग्य,परी ,मनोरंञ्जन ,जन्मोत्सव ,मुटुको थोपा, कविता संगालो ,पुतली ,नाटक सावित्री सत्यवान, निवन्ध संग्रह दारिमको रुखनिर , गीति नाटक कृषिवाला , गाउँने गीत ,अप्रकाशित पाण्डुलिपीहरु झ्याउरे वसन्ती , नेपाली मेघदूूत ,वैराग्य लहरी , श्रीजा माता , मैना गीति कथा , दुुई निबन्ध ,समाजशास्त्र ,इश्वरवाद र अनिश्वरवाद ,लगायत राखिएका छन् । यसका अलावा देवकोटाले अध्ययन गरेका पुस्तकहरु पनि त्यहाँ राखिएको छ । जस्तै रेड लिडर्स अफ चाइना,अंग्रेजी साहित्यका किताबहरु पनि त्यहाँ राखिएका छन् । देवकोटा संग्रहालय प्राङगणमा देवकोटाको मूूर्ति राखिएको छ ।भित्ताहरुमा लक्ष्मीप्रसाद देवकोटाका कविता मध्येका श्लोकहरु राखिएका छन् । उद्देश्य के लिनु उडी छुुनुचन्द्र एक, मानिस ठूूलो दिलले हुुन्छ जातले हुँदैन , हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नुखाएको वेश आनन्दी मनले भन्ने जस्ता श्लोकहरु लेखिएको छ । यी श्लोकहरु हेरेर मेरो स्कुले जीवनको याद आयो ।विद्यार्थीहरुले चिच्याइ चिच्याइ वाचन गरेको याद आयो ।

संग्रालयमा शाखा अधिकृत ,नायवसुुब्बा , गार्ड ,सरसफाइकर्मी सहित नेपाल प्रज्ञा प्रतिष्ठानका कर्मचारीहरुले संग्रालयलाई रेखदेख र संचालन गर्ने दायित्व बहन गरिरहनुभएको छ । संग्रालयकी नासुु सावित्रा भण्डारीले बताए अनुुसार देवकोटाको घर पहिले दिल्लीबजार थियो । देवकोटाले विवाह गरेपछि मैतीदेवीको घरमा बस्न आउनुु भएको हो । नेपाली साहित्यप्रेमीहरु भारतको दार्जलिङ ,सिक्किम र नेपालका विभिन्न भागबाट संग्रालयका भ्रमणगर्ने गर्दछन् । कतिपय विद्यालयहरुले विद्यार्थीहरुलाई लिएर यो संग्रालयको भ्रमण गराउने गर्दछन् । भण्डारीले बताएअनुसार यहाँ एउटा पुस्तकालयको व्यवस्था गर्न धेरैले माग गरेका छन् । प्रज्ञा प्रतिष्ठानसँग बजेट नभएको हुँदा उचित व्यवस्थापन गर्न सकिएको छैन । देवकोटासँग सम्बन्धित सामाग्रीहरु संकलन गर्न अझ धेरै बाँकी रहेको देखियो । सबैले यतातिर ध्यान दिन जरुरी छ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित