(कविता)
– बलराम तिमल्सिना
यो समय मलाई
अपुग भैरहे छन्
गाली गर्ने समस्त शब्दहरू
कमजोर लागिरहे छन्
घृणा व्यक्त गर्ने सारा शब्दहरू
अश्लिल भन्दा अश्लिल शब्दहरू समेत
श्लिल लागिरहेछन उसलाई गाली गर्न ।
हो शब्दहरू बेकार भैरहेका छन्
एकदमै अपुग भैरहेका छन्
तर म नाथे एउटा कवि
एउटा शब्दहरू खेलाउने मान्छे
अभिसप्त छु केवल शब्दहरूले गाली गर्न ।
सक्ने हरूले जे जे ले हाने पनि हुन्छ
सक्नेहरूले अरु नै कुराले हानून्
सबैभन्दा घातक कुराले
सबैभन्दा सटिक निशाना लगाएर
उसको मुटुमै हानून्
र उसलाई चीर निद्रामा सुताइदिऊन्
यति बेला शब्दहरू अपुग भैरहेका ।
एउटालाई युक्रेनको चिन्ता छ
अर्कोलाई ताइवानको तनाब छ
जति सुकै शक्तिसाली भए पनि ती
ती आफ्नो लागि मात्रै बाघ हुन्
अरुको लागि ती कोही पनि होइनन्
तिनीहरूको आश गर्नु पनि बेकार छ
एउटा छेस्को पनि प्राप्त हुने छैन तिनीहरूबाट ।
भेनेज्वेला !
विश्वभरि तिम्रा मान्छेहरू छन्
तर ती प्राय: निशस्त्र छन मजस्तै
केवल शब्दहरू छन् तिनीहरूसँग
र जो जोसँग छन हतियार
ती प्राय तिम्रा होइनन ।
भेनेज्वेला !
तिमी नयाँ भियतनाम बन्नु पर्छ
तर होचिमिन्ह त छैनन् त्यहाँ
ठीक छ तिम्रो माटोमा
कुनै होचिमिन्ह जन्मिएला
लड्ने हिम्मत नहार
अन्तिम एक जना बाँकि रहुन्जेल लड
र त्यो पागल कुत्तालाई लखेटेर छोड ।
हामीहरूसँग केवल शब्दहरू छन्
तिनै शब्दहरूसँगै
हामी तिमीहरूसँगै छौ।
म केवल शब्दहरू बोकेर
गाली गरिरहेको छु उसलाई
प्रिय शब्दहरू
तिमीहरू अणु बम भन्दा शक्तिसाली भइदेऊ
र उसलाई चिहानमा सुताइदेऊ !!
२०८३ पुस १९ गते

