काठमाडौँ । कलाकार प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको पौष २७ गते निधन भएको हो । इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको बताइन्छ । तामाङले नेपाली फिल्म, गोर्खा पल्टन ,परदेशी,परदेशी – २लगायत नेपाली फिल्म अभिनय गरेर विश्वभरीका नेपाली भाषीहरुको मन जितेका थिए । भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् ।
Comments

