काठमाण्डौ । नेपाल प्रज्ञा प्रतिष्ठान ,साहित्य(समालोचना र साहित्येतिहास) विभागद्वारा नेपाल हाइकु सङ्घसँगको सहकार्यमा “नेपाली हाइकु सिद्धान्त, परम्परा र सिर्जना विषयक गोष्ठी कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको देवकोटा सभाहलमा सम्पन्न भएको छ । प्राज्ञ परिषद सदस्य डा. मधूसुदन गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइ,विशेष अतिथि व्याकुल माइला, अतिथिहरु सदस्य सचिव धनप्रसाद सुवेदी, प्राज्ञ सभा सदस्य, चेतनाथ धमला, डा.भागवत आचार्य रहनु भएको थियो ।
राष्ट्रिय गान गायन पछि कार्यक्रममा स्वागत मन्तव्य सदस्य सचिव डा.धनप्रसाद सुवेदीको रहेको थियो । कार्यक्रमको उद्घाटन कुलपति भूपाल राइले व्यार्नर पढेर गर्नु भएको थियो । कार्यक्रमको महत्वबारे प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको महत्व बारे प्रकाश पार्दै धमलाले नेपालमा हाइकु लेखन प्रगतिउन्मुख रहेको बताउनु भयो । नेपालमा हाइकु२०१९सालदेखि लेखिन शुरु भएको भन्दै आज सम्म आउँदा हाइकुका १ सयभन्दा बढी हाइकु संग्रह प्रकाशित भइसकेको बताउनु भयो । वहाँले हाइकु लेखनमा विद्रुपीकरण पनि आएको बताउनु भयो । हाइकु ऋतु बोधकीय र साँस्कृतिक विषयवस्तु समेटिएर लेखिने विधा भएको बताउनु भयो ।
कार्यक्रममा हाइकुकारहरुले विविध विषय समेटेर नेपाल भाषा र नेपाली भाषामा लेखिएको हाइकुहरु वाचन र गायन गर्नु भएको थियो । हाइकुकारहरुमा धर्मेन्द्र झा,ललिता दोषी,रमेश सागर, धर्मराज कर्णिकार,जीवन कंशाकार,नरेन्द्रमान महर्जन,निर्मला सिङ, ज्ञानेन्द्र बज्राचार्य ,भुवन सिवाकोटी, सिर्जना सरोवर, सतोष भुजेल, रीता महर्जन, अन्जन पौडे,बासुदेव अधिकारी, ,यदुराम वसन्तपुरे लगायत रहनु भएको थियो ।



