पर्चा वितरण गर्दा ओखलढुङ्गामा प्रहरी हस्तक्षेप

ओखलढुङ्गा । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालओखलढुङ्गाले पौष २८ गते गरेको पर्चा वितरणमा प्रहरीले हस्तक्षेप गरेको छ ।ओखलढुङ्गाको रामपुर बजारमा खेल चलिरहेको स्थानमा पर्चा वितरण गर्ने क्रममा आदर्श राइलाई पुलिसले थर्काएर पर्चा च्यातेर फालिदिएको छ । पर्चा वितरण गर्न नदिएर क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता आदर्श सँग तानातान र भनाभन भएको थियो । आदर्श राइ खेलाडी भएको हुनाले पक्रेर लान नसकेको बताइएको छ ।
शान्तिपूर्ण प्रदर्शन गर्ने,प्रचारप्रसार गर्ने राजनैतिक अधिकारहरु माथि समेत सरकारले प्रतिबन्ध लगाउन खोजेको छ । सरकार निरंकुश र तानाशाही हुँदै गएको यसले पनि जनाउँछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित