काठमाण्डौ । पश्चिम एसियामा अमेरिकी सैनिकको उपस्थिति ५० हजार नाघेको द न्यूयोर्क टाइम्सले जनाएको छ । द न्युयोर्क टाइम्सका अनुसार पछिल्लो पटक थप दुई हजार ५०० मरिन्स र दुई हजार ५०० जलसैनिक पश्चिम एसिया क्षेत्रमा पुगेपछि त्यहाँ अमेरिकी सेनाको संख्या ५० हजार पार गरेको हो ।
यो संख्या सामान्य अवस्थामा हुने तैनाथीभन्दा करिब १० हजारले बढी छ । सामान्यतयाः खाडी क्षेत्रका साउदी अरब, बहराइन, इराक, सिरिया, जोर्डन र कतार जस्ता देशमा गरी करिब ४० हजार अमेरिकी सैनिक तैनाथ रहन्थे ।
अमेरिका इजरायलले इरानमा संयुक्त रुपमा सैन्य आक्रमण गरे पछि इरानको जवाफी प्रत्याक्रमण शुरु गरेको छ । जवाफी कारबाहीमा इरानले मध्यपूर्वका देशहरुमा रहेका अमेरिकी बेसक्याम्पहरुलाई लक्षित गरेर आक्रमण गरेको थियो । २५ दिनसम्म चलेको अमेरिका –इजरायल र इरान युद्ध केही समयकालागि रोकिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकाको शर्तहरुलाई स्वीकार गर्न धम्की दिइरहेका छन् । नत्र अमेरिकाले इरानमा स्थल आक्रमण गर्ने धम्की दिइरहेका छन् । स्थल आक्रमण गर्नकोलागि अमेरिकाले पश्चिम एशियामा अमेरिकी सेनाहरुको उपस्थितिलाई बढाएको हुन सक्ने अनुमानहरु आइरहेका छन् । स्थल आक्रमणको दह्रो प्रतिकार गर्ने इरानले बताइरहेको छ ।
पश्चिम एसियामा अमेरिकी सैनिकको उपस्थिति ५० हजार नाघ्यो
Comments

