अमेरिकामा ट्रम्पविरुद्ध व्यापक प्रदर्शन

काठमाण्डौ । अमेरिकामा डोनाल्ड ट्रम्पले विश्वभरि युद्ध मच्चाइरहेको विरोधमा अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति ट्रम्प र उनको प्रशासनका विरुद्ध व्यापक मात्रामा प्रदर्शन भएका छन् ।
किङ्ग्स नो किङ्ग्स अर्थात् ‘कुनै राजाहरू छैन’ नो किङ्ग्स नाम दिएर प्रदर्शनलाई व्यापक बनाइएको छ । शनिबार अमेरिकाभर ३,००० भन्दा बढी स्थानमा साना–ठूला ¥यालीहरू आयोजना गरिएका छन्। प्रदर्शनकारीहरूको मुख्य निशानामा ट्रम्प प्रशासनले अघि सारेका नीतिहरू रहेका छन्, जसमा विशेषगरी इरानसँगको युद्ध, कडा संघीय अध्यागमन नीति र देशमा चुलिँदै गएको महँगी प्रमुख छन् ।
प्रदर्शनमा प्रदर्शनकारीहरुले डोनाल्ड ट्रम्पको कार्टुन र प्लेकार्ड प्रदर्शन गरेका छन् ।
लाखौंको संख्या र हज्जारौं स्थानमा गरिएको प्रदर्शन अमेरिकी प्रशासन विरुद्धको न्यायप्रेमी जनताको ऐतिहासिक प्रदर्शन रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित