पूर्णकला गिरीप्रति श्रद्धाञ्जली अर्पण

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पूर्णकला गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टीका प्रवक्ता सुदर्शनले चैत्र १८ गते एक शोक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्यमा शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गरिएको छ । पूर्णकला गिरी पार्टीका वैकल्पिक केन्द्रीय समिति सदस्य कमल गिरीको आमा रहेको र उहाँको २०८२ चैत्र १७ गते दिउसो १ः०० बजे कृतिशेष हुनुभएको वक्तव्यमा जनाइएको छ । वक्तव्यको पूर्णपाठ यसप्रकार छ ।–
हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वैकल्पिक केन्द्रीय समिति सदस्य कमरेड कमल गिरीको आमा पूर्णकला गिरी २०८२ चैत्र १७ गते दिउसो १ः०० बजे कृतिशेष हुनुभएको खबरले हामीलाई शोकाकूल बनाएको छ । हाम्रो पार्टी आमा पूर्णकला गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोकाकूल तीन भाई छोरा, तीन बहिनी छोरी लगायत सम्पूर्ण परिवार तथा आफन्त जनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित