टेकहरी न्यौपाने
नेता सबै के रैछ त्यस्तो कथा
जनता जति सधै रैती सरह
किन त्यस्तो भो लौन बता
के छ त्यहाँ त्यस्तो नशा
लौन मलाइ नि बता ।
दुःखी जनताहरुको केही त
बुझ्ने गरन कथा
दिन दुःखी, गरिबहरुको
कष्ट कति छन् अथाह ।
मुलुक अनि जनताहरुको
सुन्ने गर है व्यथा
ठगेर हिंड्ने जनता नचिन्ने
त्यस्तै हो र बन्ने नेता ।
लौन बताउ किन यस्ता भयो
मुलुक र जनतालाई के थाहा
सरम भन्ने केही पनि छैन
त्यस्तै नै हुन्छन् र नेता ।
के रैछ त्यहाँ त्यस्तो नशा
लौन मलाई नि बता
मुलुक जनता सधै लुटेयौं
कमायौं सम्पत्ति अथाह ।
देश डुबायौं जनता रुवायौं
अझै नि बन्दछौं नेता
दलाली ग¥यौं जनता रुवाऔं
यस्तै छ देशको कथा ।
के छ त्यहाँ त्यस्तो नशा
आइरहने सधै मजा
सधै मरिहत्ते गर्ने गधा
भन्न है त्यहाँ के छ त्यस्तो नशा ।
केही न केही पक्कै पनि छ
लौन गधा मलाई पनि बता
तिमीहरु सबैको मैले बुझेकै हो कथा
कसरी कहाँबाट ल्यायौं यो सम्पत्ति अथाहा ।
उस्तै दुःख थियो एकै साथ थियौं एउटै थियो व्यथा
कसरी रातारात साँडे भयौं लौन बताउ कथा
गाडी, घोडा श्रीसम्पत्ति कसरी आयो अथाहा
के छ त्यहाँ त्यस्तो नशा।
लौन मलाई पनि बता
सांसद, मन्त्री बन्न जोड बल गर्ने
मरिहत्ते गर्ने व्यथा
यो शान औकातको बारेमा बता न त्यस्तो के छ
यो श्रीसम्पत्ति कमाउन बन्ने पर्छ र नेता
लौन सुना त्यहाँको खोलेर सबै कथा
रातारात अरबपति कसरी बने लौन मलाई बता
के रैछ त्यहाँ त्यस्तो नशा
आइरहने सधै मजा
छक्क पर्छु चुरीफुरी देख्दा के रैछ मलाई के था
लौन त्यस्तो के छ त्यहाँ बताउन मलाई कथा
तिमीहरु मात्र खुशी छौ जनताको अर्कै व्यथा
जनतालाई दुःख, कष्टमा पारिदिने कस्ता खाले हौ नेता
लौन बताउ कथा
Comments

