निरु भट्ट
साना– साना रहरहरु मनमा पालेकी छु आमा
जिन्दगीलाई बिस्तारै बुझ्न थालेकी छु आमा
जिन्दगिमा जति नै दुःखका काडाहरु लागेपनि
ती सबै काडाहरुलाई पन्छ्याउदै हिडेकी छु आमा।
दुखले नै संघर्ष गर्न सिकायो तेसैले त अचेल
दुःखलाई नै सुख सम्झी अंगालेकी छु आमा ।
जब हजुरको याद आउन थाल्छ नि तब
आफ्नै सिरानि आशुले भिजेको थाहा पाउन्न आमा।
Comments

