विनेसाम नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेशन तथा कृति लोकार्पण सम्पन्न

काठमाडौं । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको चौथो राष्ट्रिय अधिवेशन तथा पुस्तक लोकार्पण कार्यक्रम १६ अप्रिल २०२२ अर्थात २०७९ बैशाख ३ गतेका दिन काठमाडौंको बाफलमा भब्य तथा सभ्यतापूर्वक सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अथिति नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङ र बिशिस्ट विशिष्ट अतिथिहरु साहित्यकार प्रा.डा.गार्गी शर्मा, प्रा.डा.गोविन्द मानसिंह कार्की रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिबाट व्यानर पढेर कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट गरिएको थियो । संस्थाको उपाध्यक्ष केशु पोखरेल खनालले स्वागत मन्तव्य राख्नु भएको थियो भने उक्त संस्थाको सक्रिय सदस्य ढण्डीराज ढकालले कार्यक्रममा मिठो स्वागत गीत गाउनु भएको थियो ।

कार्यक्रममा विनेसमा नेपाल शाखाद्रारा प्रकाशित संयुक्त कृति “साहित्य एक विधा अनेक”, विनेसाम विश्व केन्द्रीय समितिकी महासचिव श्री सुनिता राई कन्दड्वाको कथा सङ्ग्रह “तिउरी” र विनेसाम लुम्बिनी प्रदेश शाखाद्रारा प्रकासित कृति “लुम्बिनी दर्पण ”प्रमुख अतिथि र विशिस्ट अतिथिहरुद्वारा बिमोचन गरिएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष कल्पना पौडेल “जिज्ञासु”ले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बसु श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने संचालन महासचिव अम्बिका याम्फु “अनमोल” गर्नु भएको थियो । सुनिता राई कन्दङवाको कथा संग्रह तिउरीको समिक्षा प्रा.डा. गोविन्द मानसिंह कार्कीले निकै गहन सुक्ष्म तरिकाले गर्नु भएको थियो । यसै संस्थाको सदस्य सीता विष्ट कार्कीले विनेसाम लुम्बिनी शाखाद्रारा प्रकाशित कृति लुम्बिनी दर्पणको छोटो समीक्षा राख्नु भएको थियो । प्रमुख अतिथि र सभापतिको हातबाट विनेसाम नेपाल शाखाको पुर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार मणिराज सिंहलाई साहित्यको विकासमा गर्नु भएको अतुलनीय योगदानका उच्च कदर गर्दै संस्थाले सम्मान कदर पत्र प्रदान गरिएको थियो । उक्त कदर पत्र यस संस्थाको सल्लाहकार ऋषिराम सापकोटद्रारा वाचन गर्नु भएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष के.वी पौडेलले धन्यवाद मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा के.वी पौडेल (विनेसाम विश्व केन्द्रीय समितिको कोषाध्यक्ष), जनार्दन अधिकारी “धड्कन” (चन्द्रगिरी साहित्य प्रतिष्ठान अध्यक्ष) श्रीधर पौडेल (मनमति साहित्य प्रतिष्ठान अध्यक्ष) प्रतिमा शर्मा (अध्यक्ष सृजनसील समाज) पूर्णलाल चुके –(विनेसाम लुम्बिनी शाखा सल्लाहकार तथा जनमत साप्ताहीक पत्रीकाको ÷प्रधान सम्पादक) खड्ग के.सी. (ग्रीनफिल्ड स्कूलका प्रिन्सीपल) दलवीर सिंह बराली “घायल” (सहयात्रा टि.भि. संचालक तथा साहित्यकार) प्रदिप प्रधान (प्रगतिशिल साहित्यकार) श्री गुरुड; (कथाकार हङकङ साहित्यिक साझा श्रृंखलाका संस्थापक, संरक्षक) दीप्स शाह (कवयत्री, लेखिका) असीम सागर (कवि) (चन्द्रकला भट्टराई) र आयोजक संस्थाको पदाधिकारीहरु एवं सल्लाहकारहरु मणिराज सिंह र ऋषिराम सापकोटाको आतिथ्यता रहेको थियो ।

अधिबेशनले कल्पना पौडेल “जिज्ञासु” कै अध्यक्षतामा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका नयाँ कार्य समिति चयन गरेको छ । गठित समितिको वरिष्ठ उपाध्यक्ष –केशु पोखरेल खनाल , उपाध्यक्ष – सीता विष्ट कार्की , महासचिव– अम्बिका याम्फु “अनमोल” , सचिव– कृष्ण के.सी. सहसचिव–गंगा आचार्य सापकोटा र कोषाध्यक्ष – बसु श्रेष्ठ रहनु भएको छ । समितिका सदस्यहरुमा शुभद्रा धिमिरे,कल्पना चाम्लिङ्ग, दिपा नेपाल , विमला अधिकारी देवकोटा रजनी शर्मा, ढुण्डिराज ढकाल, रीता खतिवडा, यमनाथ सुवेदी गङ्गाराम ढकाल लेक प्रसाद प्याकुरेल र मुना सिग्देल रहनु भएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित