काठमाडौं । भारतका च्याम्पियनलाई पराजित गर्दै म्याट्रिक फाइटनाइट १७ (एमएफएन १७ ) को उपाधि जितेका नेपाली खेलाडी रबिन्द्र ढाटले स्वदेशमा भब्य स्वागत पाएका छन्। भारतको राजधानी नयाँ दिल्ली स्थित नोएडामा आइतबार राती भएको प्रतियोगितामा भारतका च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गर्दै नेपाली खेलाडी ढाँट बान्टमवेट च्याम्पियन बनेका थिए ।
उपाधी जितेर सोमबार साझ नेपाल फर्किएका रबिन्द्रलाइ काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा खेलप्रेमी नेपालिहरुले भव्य स्वागत गरेका थिए । सोमबार साँझ रवीन्द्रको स्वागतमा दर्जनौँ नेपाली खेलप्रेमी समर्थककाठमाडौं विमानस्थल पुगेका थिए ।
स्मरण रहोस नेपालबाट एमएफएनको च्याम्पियन बन्ने रबिन्द्र पहिलो नेपाली फाइटर हुन् । आक्रमक फाइटिङ रेस्लिङको नामले प्रसिद्ध मिक्स मार्सल आट्र्(एमएमए) मा ढाँटले तेस्रो राउन्डमा भारतका कोरियनलाई पराजित गर्दै उपाधि जितेका थिए। आइतबार साझ भएको सो फाइटमा तेस्रो राउन्डमा रबिन्द्राले गरेको लगातारको प्रहारले कोरेन संकटमा परेपछि रेफ्रीले फाइट रोक्दै रविन्द्रलाई टिकेओद्वारा विजेता घोषित गरेका थिए । यो उपाधी जिते सँगै रविन्द्रको प्रफेसनल रेकर्ड ८–१ पुगेको छ ।
उपाधी जितेर स्वदेश फर्किएका रबिन्द्र नेपालको सुदुरपश्चिम प्रदेशको बिकट पाहाडी जिल्ला बझाङका बासिन्दा हुन !
उपाधी बिजेता रविन्द्रलाई स्वदेशमा भब्य स्वागत

Comments